site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
स्वदेश भित्रिनेको चाप बढ्यो : क्वारेन्टिन बढेन
SkywellSkywell

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश  फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।  फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । पाँच दिनको अवधिमै पश्चिमी सीमानाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् । ती मध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौँ ।” 

Dabur Nepal
NIC Asia

क्वारेन्टिनमा बस्दै आएका सबैको किट अभावमा आरडिटी र पिसीआर परीक्षण हुन नसकेको छैन ।  जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हुँदै आएको उनले जानकारी दिए । यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टिनमा राख्न समस्या त हुन्छ नै सम्हाल्नसमेत गाह्रो हुन्छ”, उनले भने । पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक  आइपुगेका छन् । बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमतामा वृद्धि गरेका छन् ।
 
नगरपालिकामा मात्रै सीमित क्वारेन्टिनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टिन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या १३७ रहेको छ ।

क्वारेन्टिनमा श्यया सङ्ख्या छ हजार १९४ र क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या पाँच हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टिन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको सङ्ख्या भने ११ हजार ५२३ रहेको छ । कञ्चनपुरमा क्वारेन्टिनको सङ्ख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुर्नवासमा १४, बेलौरीमा सात, लालझाडीमा नौ, बेलडाँडीमा ११ गरी १३७ रहेको छ ।
 
क्वारेन्टिनमा श्ययाको सङ्ख्या भीमदत्त नगरपालिकामा ८०० , महाकालीमा दुई हजार, बेदकोटमा ४४२,  शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुर्नवासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी छ हजार १९४ रहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुर्नवास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी  पाँच हजार ८९२ जना छन् ।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र  आरडिटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टिनमा ल्याउन भरपर्दो साधानको अभाव छ । टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको सङ्क्रमणको जोखिम निकै बढाएको बताइएको छ । सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ । सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी  साधनलाई समेत स्यानिटाइज नगरिदा जोखिम बढेको बताइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro