बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक सन्देश पठाउँदै कोरोना महामारीविरुद्ध लड्नका लागि सघाउन आफू इच्छुक भएको बताएका छन् ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार उत्तर कोरियाली नेता किमले चिनियाँ राष्ट्रपतिलाई कोरोना संकटविरुद्ध सफल भएकोमा बधाई दिएका थिए । उक्त सन्देशको प्रतिक्रियामा किमलाई धन्यवाद दिँदै राष्ट्रपति सीले उत्तर कोरियलाई आवश्यक परेको समय कोरोना महामारीविरुद्ध सहयोग गर्न तयार रहेको बताएका हुन् ।
उत्तर कोरियाले हालसम्म कोरोना संक्रमितहरु आफ्नो मुलुकमा नभएको दाबी गर्दै आएको छ । तर, करिब तीन साता पहिलो उत्तर कोरियामा कोरोना संक्रमण देखिएको डब्लूएचओका उत्तर कोरियाली प्रतिनिधि डा. इड्बिन साल्भाडोरले ७०९ जना कोरोना संक्रमित भएको रोयटर्सलाई जानकारी दिएका थिए ।
उनका अनुसार ७०९ कोरोना संक्रमितमध्ये ११ जना विदेशी नागरिक रहेको ६९८ जना उत्तर कोरियाली नागरिक भएको बताइएको थियो । तर, त्यसपछि कोरोना संक्रमणसम्बन्धी कुनै नयाँ तथ्यांक र जानकारी सार्वजनिक भएको छैन ।
दक्षिण कोरियाका खुफिया अधिकारीका अनुसार उत्तर कोरियामा कोरोना संक्रमित नभएको दाबी गरिएको छ । -aLaL