site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज पनि सांसदहरूको स्वाब संकलन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ सांसदको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी ६३ जनाको आज स्वाब संकलन गरिएको हो । बजेट अधिवेशन सुरु हुनुअघि हिजोबाट सांसदहरूको स्वाब संकलन भइरहेको छ । हिजो २१२ सांसदको स्वाब संकलन गरिएको थियो । 

Agni Group
NIC Asia

हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ गरी २ सय १२ सांसदको स्वाब संकलन गरिएको थियो । अहिलेसम्म प्रतिनिधिसभातर्फ २ सय ३२ र राष्ट्रियसभातर्फ ४३ जनाको स्वाब संकलन गरिएको छ । 

बजेट अधिवेशन सुरु हुनुअघि सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको हो । अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी ६ सय ९२ जनाको स्वाब संकलन भएको छ । हिजो ४४१ र आज २५१ जनाको स्वाब संकलन भएको संसद सचिवालयले जनाएको छ ।

Global Ime bank

अझै ५४ सांसदको स्वाब संकलन हुन बाँकी छ । आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि नै सांसदरुको रिपोर्ट आउनेछ । स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय