विदेश
काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ ।
गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।
भारतमा कोरोनाका कारण ११ सय ५२ जनाको मृत्यु भइसकेको छ । ३५ हजार ३६५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ९ हजार ६४ जना उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७ १८:४९
प्रतिक्रिया दिनुहोस्