site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा बर्डफ्लुको कारण पहिलो मानवको मृत्यु

लुइसियाना, यूएस । अमेरिकामा बर्डफ्लुबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्षभन्दा माथिको रहेको थियो ।

“लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई)को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,” लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो बिरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

“विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ ।

लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो । यसको अर्थ जंगली चराहरू र बर्डफ्लु भाइरसबाट संक्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडसी)का अनुसार अमेरिकामा बर्डफ्लुका कुल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ ।

अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वासिङटन, विस्कन्सिन र टेक्सास रहेका छन् ।

लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्डफ्लुको पहिलो केस थियो । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro