site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोस्टपेडको बिलिङमा भ्रम पाइएको भन्दै टेलिकमले भन्यो- ‘वास्तविकता यस्तो हो’
SkywellSkywell

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरूमा केही भ्रम रहेको पाइएको जनाएको छ । यस बारेमा स्पष्ट हुनु आवश्यक देखिएको भन्दै टेलिकमले यसबारे स्पष्ट पार्न खोजेको छ । 

यस्तो टेलिकमको स्पष्टोक्ति
पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये रु. १४२५ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ । 

अनबिल्ड अमाउन्ट
पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ । यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ । उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम रु. २४८ छ भन्ने बुझाउँछ । यस्तो महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ । 

Dabur Nepal
NIC Asia

के हो ड्यु अमाउन्ट ?
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यु अमाउन्ट भनिन्छ । ड्यु अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो । उदाहरणका लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यु अमाउन्ट रु. १६७३ (रु.१४२५ंरु.२४८) हुन्छ । आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *400#  डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहिं अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो । 

क्रेडिट लिमिट के हो ?
हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम रु. ५००, भ्याटवापत रु. ६५ र क्रेडिट लिमिट वापत रु. ३८० गरी जम्मा रु. ९४५ लाग्दछ । स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. ३८० रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो रु. ३८० नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक–फरक हुने गर्छ । 

रेन्टल चार्ज
पोस्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले योभन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रु. ३८३.०७ तिर्नै पर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरूको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो । मासिक रूपमा योभन्दा धेरै रकम प्रयोग गर्नेहरूले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ । 
यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोस्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ । 

साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र ब्यालेन्समा देखिन्छ । सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिन्छ । 

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौ कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । 

बिल थाहा पाउने तरिका
पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400#  डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro