site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले जारी गर्‍यो लकडाउनको नयाँ निर्देशिका 

नयाँदिल्ली । भारतले लकडाउन बढाएको दोस्रो दिन ३ मेसम्मका लागि नयाँ लकडाउन निर्देशिका जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका सम्बोधन गर्दै ३ मेसम्मका लागि लकडाउने बढाउने घोषणा गरेको थिए । 

नयाँ निर्देशिकाअनुसार २० अप्रिलपछि सम्पूर्ण कृषि र खेतिपातिका गतिविधि गर्न अनुमति दिइने भएको छ । त्यसैगरी अत्यावश्यक स्वास्थ्य सामग्री र आपतकालीन कामदारहरुलाई आवतजावत गराउने सवारीहरुलाई जान दिए पनि सार्वजनिक यातायात, विमान र रेल सेवा अवरुद्ध भने नियमित हुनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थलहरु र खेलकुद गतिविधिहरु पनि बन्द हुनेछन् । अस्पताल र स्वास्थ्य सेवा नियमित सञ्‍चालन हुनेछन् । 

प्रधानमन्त्री मोदीले मंगलबार २० अप्रिलसम्म लकडाउनको मूल्यांकन गर्दै थप कदम चाल्ने बताएका थिए । भारतमा यसअघि घोषणा गरिएको लकडाउन १४ अप्रिलमा सकिएको थियो । 

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ४८७ पुगेको छ भने ३७३ जनाको मृत्यु भएको छ । -बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro