site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
स्वीडेन सरकारद्वारा लकडाउन गर्न अस्वीकार
SkywellSkywell

स्वीडेन । युरोपका अधिकांश मुलुकहरु नोभेल कोरोना भाइरसको प्रकोपका कारण मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएका छन् । युरोपका इटाली, स्पेन र फ्रान्स सबभन्दा बढी प्रभावित भएका छन् । त्यहाँ रेस्टुरेन्ट, बार र सार्वजनिक स्थललगायतहरु बन्द छन् भने मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । 

तर, स्वीडेनले कोरोना रोक्‍नका लागि लकडाउन लगाउने विषय अस्वीकार गरिएको छ । स्वीडेनमा कोभिड-१९ का लागि स्वयंसेवी गतिविधि अघि बढाइने बताएको छ । 

Dabur Nepal
NIC Asia

स्वीडेनले लकडाउन अस्वीका गर्ने विवादित कुराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यानाकर्षण गरेको छ । यसअघि ट्रम्पले भनेका थिए, "स्वीडेनले निकै खराब समय व्यहोर्नुपर्नेछ ।" 

तर, स्वीडेन सरकारले आफ्नो नीतिले काम गर्ने दाबी गरेको छ । स्वीडेमा विदेशमन्त्री एन लिन्डेले ट्रम्पले 'पूर्णत: गलत' भनेको बताइन् । स्वीडेनले हर्ड इम्युनिटी थेरो अवलम्बन गरेको उनले बताइन् । उनले मुलुकको जनसंख्या कोरोनाविरुद्ध इम्युनिटी निर्माण गर्ने बताइन् । उनले भनिन्, "हाम्रा नागरिक निकै जिम्मेवार छन् । त्यसकारण लकडाउन जारी गर्दैनौं ।" 

स्वीडेनमा हालसम्म ९ हजार १४१ कोरोना संक्रमित छन् भने ७९३ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro