site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने १९९ पुगे

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न क्षेत्रमा अहिलेसम्म एक सय ९९ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा बिहीबार राति यता ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार पाँच सय ४७ जनामा संक्रमण देखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै भारतमा कोराना भाइरस संक्रमितको संख्या ६ हजार चार सय १२ पुगेको छ । पाँच सय चारजना भने उपचारपछि घर फर्किएका छन् । भारतका महाराष्ट्र, तमिलनाडु र दिल्ली कोरोना भाइरसबाट बढी प्रभवित भएका छन् । 

बीबीसीका अनुसार महाराष्ट्रमा १३ सय ६४, तमिलनाडुमा आठ सय ३४ र दिल्लीमा सात सय २० कोरोनाका बिरामी देखिएका छन् । कोरनाका कारण महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको छ ।  बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro