काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो ।
५ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सकिने नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।
विकास ऋणपत्र २०८१ ‘घ’ दिइएको उक्र ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ भित्र हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल बाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा निकाल्ने सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने र उक्त ब्याजमा ब्याज कर नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।
आज दिउँसो ३ बजेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ भने भोलि उक्त ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।