site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई भने- आफ्नै मुलुक फर्क
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय  पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । 

उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, "अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा राम्रो हुन्छ । तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।" 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले अहिले अस्ट्रेलियाले आफ्ना नागरिकलाई बढी ध्यान दिएकोसमेत बताए । उनले भने, "अहिले कोरोना संक्रमणको संकटका बेला अस्ट्रेलियाले आफ्‍ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको छ ।" 

प्रधानमन्त्री मोरिसनले आफ्नै कमाइले टिक्न नसक्ने विभिन्‍न मुलुकबाट विद्यार्थीहरुलाई समेत आ-आफ्नै मुलुक फर्किने बेला भएको बताएका छन् । उनले भने, "अस्ट्रेलियामा आएर पहिलो वर्ष अध्ययन गरिरहेका विद्यार्थीहरु जसले आफ्नो पढाइलाई एक वर्षसम्म धान्‍न सक्दैनन् । उनीहरुका लागि आफ्नो घर फर्किने विकल्प पनि छ ।" 

Royal Enfield Island Ad

मोरिसनले अरु देशबाट अस्ट्रेलिया पुगेर त्यहाँ फलफूल टिप्‍ने वा अन्य मौसमी कृषि काम गर्न चाहनेले त्यहाँको एक ठाउँबाट अर्को ठाउँ पुगेपछि १४ दिन अनिवार्य सेल्फ-आइसोलेसनमा बस्नुपर्नेसमेत बताएका छन् ।

अन्य विभिन्‍न भिसामा अस्ट्रेलियामा रहेकाहरुले पनि अनिवार्य यहाँ बस्‍नुपर्ने बाध्यता नरहेको उनले बताए । उनले अस्ट्रेलियाको सीमा अहिले बन्द भइनसकेको जानकारी दिँदै भने, "अन्य मुलुकबाट फर्किने नागरिकलाई पनि सीमा खुला छ । उनीहरुलाई १४ दिनको अनिवार्य क्‍वारेन्टाइनका लागि सरकारले होटले व्यवस्था गरेको छ ।" 

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ । - हफिङटन पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro