site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घले विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
“गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पुर्‍याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पुर्‍याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पुर्‍याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ”, उनले भने । गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले जोडदार माग गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय