देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धी जानकारी दिन ११३३ नम्बरको कल सेन्टर थप गरेको छ । मन्त्रालयले शनिबारदेखि सो कल सेन्टर थप गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना सम्बन्धी मानिसको जिज्ञासा बढ्दै गएपछि मन्त्रालयले ११३३ नम्बरको कल सेन्टर थप गरेको बताउँछन् ।
यसअघि मन्त्रालयले १११५ को कल सेन्टर स्थापना गरेको थियो भने सो कल सेन्टरमा हालसम्म ६ हजार बढी फोन आएको उनले जानकारी दिए ।
सांकेतिक तस्बिर
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६ ०९:३६
प्रतिक्रिया दिनुहोस्