site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Global Ime bankGlobal Ime bank
प्रदेश १ मा ४५० क्वारेन्टाइन र ९० शय्याको आइसोलेसन तयार तर चिकित्सकीय सामग्री अभाव

विराटनगर । प्रदेश १ मा चार सय ५० क्वारेन्टाइन र ९० शय्याको आइसोलेसन शय्या तयार भएका छन् । 

मोरङको मिक्लाजुङ गाउँपालिका ५ को टाँडीमा २ सय बेडको क्वारेन्टाइन तयार भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा सेनाले टाँडीको जंगल क्षेत्रमा आइसोलेसन बेड तयार पारेको हो । प्रदेश सरकारको निर्णयअनुसार सेनाले पहिलो चरणमा टाँडीस्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले सय वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित सेनाको सूर्यदल गणको परिसरभित्र क्वारेन्टाइन तयार गरिएको हो । करिब ४ बिघामा क्वारेन्टाइनस्थल निर्माण गरिएको हो । पालभित्र २–२ जना अट्ने बेड राखिएको छ । यसको दूरी ५ मिटरको फरकमा रहेको सेनाको २ नम्बर बाहिनी अड्डाले जनाएको छ ।

सेनाले २५ ट्वाइलेट, बाथरुमसमेत रहेको क्वारेन्टाइनसँगै झापाको कल्वलगढी भद्ररस्थित ग्रामीण कृषि परीक्षण तालिम केन्द्र ४० बेड र उदयपुरको बेलस्रोतमा २ सय बेडको क्वारेन्टाइन पनि निर्माण गरेको छ । यसैगरी कोसी अञ्चल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजसहित विभिन्न अस्पतालमा आइसोलेसन शय्या तयार गरिएको छ ।

क्वारेन्टाइन र आइसोलेसन शय्या तयार भए पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को भने प्रदेशभरि नै अभाव देखिएको छ । केही अघिसम्म प्रदेशको सामाजिक विकास मन्त्रालयमा रहेको दुई सयवटा यस्ता पोसाकसहितका सामग्री अस्पतालहरूलाई वितरण भइसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनाएका छन् । थप जोहो गर्ने प्रयास भइरहेको घिमिरेको भनाइ छ ।

यस्ता सामग्रीको जाहो हुन सकेको छ । व्यक्तिगत सुरक्षात्मक उपकरणहरू बिरामी ओसार्ने एम्बुलेन्स चालकले समेत प्रयोग गर्नुपर्नेमा उनीहरूले मास्ककै भरमा बिरामी ओसारिरहेको कोसी अञ्चल अस्पतालकी मेसु डा. संगीता मिश्रले बताएकी छन् । भनिन्, “हाम्रो अस्पतालमा पनि यस्ता सामग्रीको अभाव छ ।” एम्बुलेन्स नै निर्मलीकरण गरी सञ्चालन गर्नुपर्ने भए पनि सबै सहज रूपमा हुन सकेको छैन । 

चिकित्सकका अनुसार प्रदेश १ मा  स्वाब लिने किट र यसको परीक्षण यहीं हुने प्रबन्ध पनि छैन । काठमाडौमै पठाउनुपर्छ । कोसी अस्पतालमा हाल आठवटा टाइप एक र टाइप २ का १५ उपकरण छन् । नर्स अञ्जु खनालले कपडाको मास्क लगाएर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै भनिन्, “हामी स्वास्थ्यकर्मीकै स्वास्थ्य पनि जोखिममा छ । आवश्यक सामग्रीको प्रबन्ध हुनुपर्छ ।” आइसोलेसन वार्डमा काम गर्दा अझ त्रासको सामना गर्नुपरेको उनको भनाइ छ । 

कोसी अस्पतालमा अहिले धेरै बिरामी ज्वरोको समस्या लिएर आएका आउने गरेका छन । आइसोलेसन वार्ड सञ्चालनमा आएको छ । मेसु संगीता मिश्रका अनुसार एक दिनमा एक कम्तीमा बाह्रवटासम्म विशेष किसिमको केही सानो संख्यामा मौज्दात रहेको जनाएका छन् । पीपीई जगेडा गर्ने । दिनमा कम्तीमा बाह्रवटा चाहिन्छ । जिल्ला जिल्लामा बाडिंएको छ । यस्ता सामग्रीको जोहो हुन नसकेको मिश्रले बताइन् । 

कोरोना डिसइन्फेक्सन स्प्रे गर्न सुरु 
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न निर्मलीकरण अभियान सुरु गरेको छ । 

संक्रमण फैलन नदिन औषधि छर्केर निर्मलीकरणको प्रयास थालनी गरिएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बताएका छन् । उनले भने, “पहिलो चरणमा अस्पतालमा निर्मलीकरणमा अलि बढी ध्यान दिएर स्प्रे गरिरहेका छौं ।” उनले महानगरको ल्याबमा आफ्नै जनशक्ति प्रयोग गरी बनाइएको डिसइन्फेक्सन स्प्रे छर्कन थालेको सुनाए । 

सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायनबाट बनाइएको स्प्रे पहिलो चरणमा  कोसी अस्पतालमा छर्कने काम सम्पन्न भएको छ । यसबाट संक्रमण रोक्न मद्दत मिल्ने बताइएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डमा रही महानगरले आफ्नै ल्याबबाट डिस इन्फेक्सन स्प्रे बनाएको र आवश्यक परे थप जनशक्तिसहित नगरको स्वास्थ्य सुरक्षामा जुट्ने पराजुलीले बताएका छन् । विराटनगर महानगरको कार्यालय र विराटनगर स्थित वडा १९ मा रहेको जनस्वास्थ्य कार्यालयमा पनि स्प्रे गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro