विदेश
इस्लावाद । पाकिस्तानको राजधानी इस्लामावादको पार्क नजिकै पाकिस्तानी हवाई सैन्य फौजको लडाकू विमान दुर्घटना भएको छ । पाकिस्तानको रिपब्लिक डे मार्च २३ को प्यारडका लागि गरिएको रिहर्सलका क्रममा एफ-१६ कलसाइनको विमान बुधबार दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त क्षेत्रलाई अहिले प्रहरी र सुरक्षाकर्मीले घेरा हालेका छन् । पाकिस्तानी एयर फोर्सले विमान चालकसमेत रहेका विङ कमान्डर नोमन अक्रम सहीदको मृत्यु भएको बताएका छन् । एयर फोर्सले उक्त दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका नजिकैको घरको छतबाट लिइएका तस्बिरअनुसार धुँवाको मुस्लो निस्किएको देखिएको थियो । - बीबीसी
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६ १४:२५
प्रतिक्रिया दिनुहोस्