site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कोरोनाविरुद्ध कांग्रेसको विशेष प्रस्ताव, सांसद थापा भन्छन् –नागरिकलाई नतर्साऔं, सचेत होऔं
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । 

उनले कोरोना संक्रमणबाट जोगिनका लागि एकीकृत कार्यसञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । विश्वको अवस्था हेर्दा नेपाल अहिलेसम्म सुखद अवस्थामा रहेपनि जोखिममा रहेकाले थप शतर्कता अपनाउनुपर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै चेकजाँचमा कडाई गर्न उनले सुझाव दिए । 

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका हुन् ।  “हाम्रो सीमाको चेकजाँचमा रहेका कमजोरी र स्वास्थ्य क्षेत्रमा रहेको कमजोर अवस्थाले पनि जोखिममा छौं । अहिले गरिहाल्नुपर्ने, तयारीमा रहनुपर्ने केही काम छन्। त्यो काम सरकारको मात्रै होइन, संसदको मात्रै होइन, र समुदायको जिम्मेवारी छ,” सांसद थापाले संकल्प प्रस्ताव प्रस्तुत गर्दै भने । उनले यूएईले इरानबाट आउन रोक लगाएको, भारतले जापान र इरानका भिसा पाइसकेका नागरिकलाई समेत रोक भन्दै नेपाल आउनेहरूबारे पनि सचेत हुनुपर्ने धारणा राखे । सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ , अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने उल्लेख छ ।

Dabur Nepal
NIC Asia

नेपालमा एक साता मात्र हेरियो भने १३ सय ७८ जना नेपाल प्रवेश गरेको भन्दै उनले उनीहरू कहाँ छन् भन्ने बारे तथ्यांक नरहेको बताए । उनले भने, “नागरिकलाई सचेत गर्न एउटा प्लेटफर्म चाहियो। यसबारे त्यसले मात्रै बोल्नुपर्छ । बढी सूचनाले मान्छे त्रसित छ । गलत र बढी सूचनाले त्रसित हुन्छ । त्यसलाई सबै सञ्चारमाध्यमले सहयोग गर्नुपर्छ । ”

सांसद थापाले मन्त्रालय अनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्वार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गनुपर्ने बताए । विवाह व्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्वार प्रणालीबाट सुचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे । “नागरिकलाई बाहिर जानु हुँदैन भनेको छ। वनमन्त्री घुम्न जानु भएको छ । एकजनाले एउटा भन्ने, अर्कोले अर्को गर्ने काम भइरहेको छ,” थापाले भने । 

उनले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्दै नतर्सन बरु सचेत रहनुपर्ने बताए । “सचेत रहने हो तर्सने होइन । नागरिकलाई नर्तसाउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौ ,” उनले भने, “हामीले समयको सुविधा पायौ । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासंग क्षमता थियो । हामीले पाएका छौ । हामीले अहिलेकति मात्रै सुझबुझ पु¥यायौ भने आत्तिनु पर्देन । ”

सांसद थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सांसदहरू सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका छन् । 
मास्क लुकाउनेलाई जेल हालौं 

प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चीन सरकारसँग वार्ता गरी अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै उनले आपत्ती जनाए । 

त्यस्तै, उनले मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुपर्ने बताए । “मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ,” उनले भने । 

त्यसैगरी अर्का समर्थक सासद राजेन्द्रकुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भइसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्नेतर्फ सचेत हुन आग्रह गरे । 

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे । कोरोना संक्रमणको त्रासले बजारमा औषधि , मास्क र सेनिटाइजरसँगै दैनिक खाद्य सामग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । उनले आवश्यक तयारीबारे जानकारी गराउँदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro