site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोको अर्को कीर्तिमान, रियल मड्रिडको जित
Sarbottam CementSarbottam Cement


काठमाडौं । क्रिष्टियानो रोनाल्डो र मार्सेलोले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो । 
घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डो र मार्सेलोले समान एक एक गोल गरे । भ्यालेन्सियाका लागि पारेजोले एक गोल फर्काए । जितसँगै रियल मड्रिडले ला लिगाको उपाधि होड कायम राखेको छ ।
सान्टियागो बर्नाबेउमा भएको खेलमा २७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको भ्यालेन्सिया खेलको ८२ औं मिनेटमा पारेजोको गोलबाट खेलमा फर्किएको थियो । तर, त्यसको चार मिनेटपछि मार्सेलोले उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई २ – १ को जित दिलाए । 
त्यसअघि रियलले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनाउने मौका गुमायो । खेलको ५७ औं मिनेटमा रोनाल्डोले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा रियलले अग्रता दोब्बर बनाउने मौका गुमाएको हो । भ्यालेन्सियाका खेलाडीले लुका मोड्रिकलाई लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । उक्त रोनाल्डोको पेनाल्टी प्रहार भ्यालेन्सियाको किपर डिएगो अल्भासले बचाए ।

तर, स्टार स्ट्राइकर रोनाल्डोले यस खेलबाट अर्को नयाँ किर्तिमान बनाएका छन् । पेनाल्टीमा गोल गर्न नसकेपनि रोनाल्डोले युरोपका शीर्ष ६ लिगमा सर्वा्धिक गोल गर्ने खेलाडीको कर्तिमान बनाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रोनाल्डोले पोर्चुगलको प्रिमियरा लिगा, इन्ग्लिश प्रिमियर लिग र ला लिगा गरी हालसम्म ३६७ लिग गोल गर्दै युरोपका शीर्ष ६ लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी को किर्तिमान बनाएका हुन् । रोनाल्डोले इंग्ल्यान्ड तथा टोटनह्यामका पुर्व स्ट्राइकर जिम्मी ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । 

जिम्मीले सन् १९५७ देखि १९७१ को बिचमा टोटनह्याम, चेल्सी, एसी मिलान, वेष्ट ह्यामबाट गरी ५२८ खेलमा ३६६ गोल गरेर कीर्तिमान बनाएका थिए । तर, रोनाल्डोले स्पोर्टिङ सिटी, म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट गरी ४८३ खेलबाट नै ३६७ गोल गरेर कीर्तिमान बनाएका हुन् । 

Global Ime bank

यो जितसँगै लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३४ खेलबाट ८१ अंक भएको छ । र, लिग लिडर बार्सिलोनासँग अंक बराबरी गरेको छ  । एक खेल बढी खेलेको बार्सिलोनाको पनि ८१ अंक नै छ । अब रियल मड्रिडले लिगमा चार खेल खेल्न बाँकी छ । बार्सिलोनाले तीन खेल खेल्न बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !