site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको आत्मघाती गोलबाट मछिन्द्रलाई पहिलो हाफमा अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिका लागि अहिले त्रिभुवन आर्मी र मछिन्द्र क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भैरहेको खेलमा पहिलो हाफ सकिँदा आर्मीविरुद्ध मछिन्द्रले १–० गोलको अग्रता बनाएको छ । 

खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिणत भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए । 

२० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए । 

Global Ime bank

बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए । 

आजको अन्तिम खेलबाट लिग विजेता टोलीको टुङ्गो लाग्ने छ । सहिद स्मारक ए डिभिजन लिगले नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

लिगको शिर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने योजानामा हुनेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement