site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४, गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बेलबुट नगरपालिका ११, मजुवाका २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका ४ का २१ वर्षीय सुवास लामा छन् ।

Agni Group
NIC Asia

अवैध वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदै छ भन्ने सूचनाका आधार उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरूको साथबाट चितुवाको छाला एक थान र भालुको पित्त एक थान बरामद भएको छ । 

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको महाशाखाले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय