site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 कोरोना भाइरसको उच्च जोखिम काठमाडौंपछि चितवनमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमणको जोखिम काठमाडौंपछि चितवन भएको चिकित्सकहरुले बताएका छन् । विदेशबाट आउने पर्यटकहरुको  पहिलो गन्तव्य काठमाडौं र त्यसपछि चितवन भएकोले पनि चितवनमा जोखिममा रहेको उनीहरुले बताएका हुन् । 

भरतपुरमा अदव मिडिया नेटवर्कले बुधबार आयोजना गरेको चिकित्सक र पत्रकारबीच अन्तर्क्रियामा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन । 

अन्तर्क्रियामा बोल्दै भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले बिरामीलाई १४ दिनसम्म कोरोना भाइरस लागेको थाहा नहुने भएकोले एक देशबाट अर्को देशसम्म सजिलै फैलनसक्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"काठमाडौंपछि चितवन कोरोना भाइरसको जोखिम छ," उनले भने , "चितवन देशकै केन्द्र र खुल्ला बोर्डर पनि छ ।" उनका अनुसार विगतमा पनि अधिकांश रोगहरुको संक्रमण  चितवनमा बढी देखिएकाले जोखिम बढी छ । कोरोना भाइरस र अन्य भाइरस जस्तै  बोटविरुवा, पशुपंक्षी एवं मानिसबाट सर्ने भएकोले यसको जोखिम बढ्ने गर्दछ ।"

चिकित्सकका अनुसार ८० प्रतिशत भाइरस श्वासप्रश्वासबाट सर्ने गर्दछ । वर्डफ्लुजस्तो भाइरस पनि कुखुराबाट हुने गरेकाले कुखुरा तथा कुखुराजन्य उत्पादनबाट यसको संक्रमण फैलने चिकित्सकको भनाइ छ । पोल्ट्रीको राजधानी चितवन भएकोले संक्रमणको जोखिम उत्तिकै रहेको उनीहरुले बताएका हुन् । 

Royal Enfield Island Ad

कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख प्रकाश खतिवडा चितवन कोरोना भाइरसको जोखिम उत्तिकै रहेकोले पूर्वतयारी कार्यक्रम र सचेत हुनुपर्नेमा  जोड दिए  । यो भाइरस श्वासप्रश्वासबाट सर्ने भाइरस भएकोले बढी भीडभाड हुने ठाउंँमा छिटो  संक्रमण फैलने सक्ने उनले  बताए । कतै यात्रा गर्दा, मेलामहोत्सवमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने र  हात समेत मिलाउँदा सतर्क हुनुपर्ने उनको भनाई छ । 

"भाइरस एकबाट अर्को मानिससँग यसको प्रकृति र स्वरुप नै परिवर्तन हुन्छ," उनले भने, "एकबाट अर्को व्यक्तिमा सर्दा झनै खतरा बढ्ने गर्दछ ।" अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण पौडेलले चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकोले पनि कोरोना भाइरसको जोखिम उत्तिकै रहेको बताए । "चितवनमा पछिल्लोपटक चीनिया पर्यटकको आगमन पनि बढ्दो छ," उनले भन, "चितवनबाट खुल्ला सिमाना पनि नजिक छ ।"

भरतपुर विमानस्थलमा 'हेल्थ डेस्क' स्थापना 

चितवनको भरतपुर विमानस्थलमा कोरोना भाइरसको संक्रमण हुन नदिनलाई ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भरतपुर महानगरपालिका, भरतपुर नागरिक उडड्यन कार्यालय र स्वास्थ्य कार्यालय चितवनको समन्वयमा भरतपुर विमानस्थलमा ‘हेल्थ डेस्क’ राखिएको हो । 

कोरोना भाइरसको संक्रमण हुन नदिन समग्र चितवन जिल्लालाई नै सुरक्षित बनाउन भरतपुर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको  भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन्  । यसका लागि  काठमाडौ बाट आउने यात्रुहरुको इन्फारेड गन( ज्वरो चेक गर्ने बन्दुक) तालु नजिक राखेर तापक्रम नाप्ने उपकरण राखिएको छ   ।

हेल्थ डेस्कमा स्वास्थ्कर्मीहरुले शंकास्पद व्यक्तिलाई विशेष निगरानी राख्ने छन । थप शंका लागेमा र आवश्यक परेको खण्डमा स्वास्थ्य जाँचसमेत गर्नेछन् । यसैगरी पर्यटकीय स्थल सौराहा प्रवेशद्धारमा पनि हेल्थ डेस्क राख्ने तयारी भईरहेको सो अवसरमा बताईएको थियो   । 

चितवनका अस्पतालमा आइसोलेसन वार्ड बनाउन सुरु 

भरतपुर अस्पताल, स्वास्थ्य कार्यालय, चितवन र नीजि मेडिकलका चिकित्सक र स्वास्थ्यकर्मीबीच आज  कोरोना भाइरस चेकजांँचका लागि आइसोलेसन वार्ड बनाउने छलफल सँगै अस्पतालहरुले वार्ड बनाउन शुरु गरेका छन । शंकापस्पद विरामीबाट अन्य विरामीमा संक्रमण फैलन नदिन आजबाट यस्तो व्यवस्था गर्न लागिएको हो ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख प्रकाश खतिवडाले संक्रमण फैलन नदिन र पूर्वतयारीका लागि प्रत्येक अस्पतालमा आइसोलेसन वार्ड बनाउन लागिएको जानकारी दिए । उनका अनुसार प्रत्येक अस्पतालमा  शंकास्पद व्यक्तिको लागि अलग्गै परीक्षणको लागि स्वाब संकलन गरी काठमाडौं पठाइने व्यवस्था गरिएको छ । र उक्त व्यक्ति रिपोर्ट नआइन्जेल २४ घण्टा चिकित्सको निगरानीमा बस्नुपर्ने उनले बताए । 

भरतपुर अस्पतालले यस अघिनै दुई डाक्टरसहित कोरोना भाइरस परीक्षणका लागि ५ सिट क्षमताको आइसोलेसन वार्ड स्थापना गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro