site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रौतहटमा एन्फाको एकेडेमी निर्माण रोक्न सर्वोच्चमा रिट
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रौतहट जिल्ला चन्द्रपुर नगरपालिकामा निर्माणाधीन नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनधिकृत रूपमा निर्माण थालेको भन्दै त्यसविरुद्ध अधिवक्ता सुजित केसीले मंगलबार रिट दायर गरेका हुन् । रिटमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, फुटबल संघ लगायतलाई विपक्षी बनाइएको छ । 

Agni Group
NIC Asia

रिटमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कार्यसमिति समेतलाई जानकारी नदिई फिफाबाट प्राप्त ४ करोडभन्दा धेरै नेपाली रुपैयाँ नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने भन्दै सरकारी वनक्षेत्रको जग्गा कब्जा गरी निर्माण सुरु गराएका उल्लेख छ ।

उक्त खेलमैदानमा एकेडेमी निर्माणका लागि कानुन बमोजिमको निर्णय नभएको, वातावरणीय प्रभाव मूल्यांकन नगरिएको, अध्यक्ष र महासचिवले कार्यसमितिलाई जानकारी नगराएको भन्दै निर्माण रोक्न माग गरिएको छ । 

Global Ime bank

वनक्षेत्रको जग्गा अनाधिकृत भोगचलन गर्न दिई मौन स्वीकृति दिएको, अखिल नेपाल फुटबल संघ, वन उपभोक्ता समितिका अध्यक्ष, नगरपालिकाका मेयर, वडा अध्यक्षसमेतले जानीजानी वनक्षेत्रको सरकारी जग्गालाई कानुनी प्रक्रिया र वातावरणीय मापदण्डसमेत पूरा नगरी, गैरकानुन रूपमा २५ वर्षसम्म भोगचलन गर्न दिए लिएको भन्दै गैरकानुनी सम्झौता र सोही सम्झौताको आधारमा एन्फा र न्यू ड्राइगन नयाँ युग जेभीबीच भएको गैरकानुनी निर्माण सम्झौता समेत बदर गर्नुपर्ने रिटमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu