site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जनप्रतिनिधि बन्ने कि ठेकेदार, प्रष्ट हुनुपर्छ’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कमसल निर्माण सामग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने संघीय संसदमा विषय उठान भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण व्यवसायीसँग छलफल गर्दै गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्ने व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्नु उचित भएको बताएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले भुलबस कमसल सामग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थिति हेर्दा व्यवसायीले मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको बताइन् । उनले त्यस्ता निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने व्यवस्था उचित भएको दाबी गरिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भनिन्, “जनप्रतिनिधि नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको पाइएको छ ।” उनले जनप्रतिनिधि बन्ने कि ठेकेदार ? प्रष्ट हुनुपर्नेमा जोड दिँदै भनिन्, “कोही जनप्रतिनिधि सामेल छ भने उसले पनि अब ठेकेदारी गर्नुहुँदैन । ठेकेदारी गर्नका लागि निर्माण व्यववसायी नै हुनुपर्छ ।”

भेटमा सांसद गणेशकुमार पहाडीले सम्झौता भएपछि कुनै पनि काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले कुनै पनि बाहनामा काम नसक्ने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, “सम्झौता भइसकेपछि कार्यसूची अनुसार काम भएन भने निर्ममतापूर्वक कारबाहीमा जानुपर्छ । हामीले पनि सरकारलाई योभन्दा अगाडि पटक–पटक भनेका छौं ।

Royal Enfield Island Ad

यसमा निर्माण व्यवसायी पनि तयार हुनुपर्छ ।” उनले निर्माण व्यवसायीको क्षमतामा समेत प्रश्न उठाउँदै भने, “तपाईंहरूले आफ्नो क्षमतामा वृद्धि गर्नुपर्‍यो र कार्यतालिका अनुसार काम गर्नपर्‍यो ।”

बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याको विषयमा जानकारी गराए । उनले कतिपय अवस्थामा निर्माण व्यवसायीको धरौटी समेत जफत गरी कालोसूचीमा राख्ने र कारबाही गर्ने नीतिगत व्यवस्थाका कारण निर्माण प्रभावित हुँदै आएको गुनासो गरे ।

पछिल्लो समय कमजोर संरचनाहरू बन्ने क्रम बढ्दै गएको र निर्माण व्यवसायी पनि सार्वजनिक खरिद ऐन प्रति असन्तुष्ट रहेका बेला समितिले छलफललाई तिव्रता दिएको हो । समितिले सोमबार निर्माणाधीन पुलको अवस्थाको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग छलफल गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro