site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र मधेसी मोर्चाबीच भएको सहमतिका विषयमा लिखित हेरेपछि मात्रै एमालेले धारणा दिने बताएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा ओलीले सांसद्हरूलाई त्यस्तो बताएका हुन् । उनले सहमतीको लिखित आएपछि कुन कदम चाल्नु पर्ने हो त्यो चाल्न एमाले तयार रहेको प्रतिक्रिया दिएका हुन् ।
त्यस्तै बैठकमा उनले जेठ १५ मा बजेट ल्याउनु संवैधानिक बाध्यता रहेकाले बजेट भाषणपछि चुनाव कुनै हालतमा गर्न नमिल्ने बताएका थिए ।
“उपयुक्त कारण आए जेठ १५ को बजेटको मिति संशोधन गर्न सकिन्छ । तर, उपयुक्त कारण चाहियो,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै रामेश्वर फुयाँलले जानकारी दिए । 
आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । भेटमा ओलीले निर्वाचन दुई चरणमा गर्नुपर्ने कारण र सहमतीको लिखत मागेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC