site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विश्वका साढे ८ हजार स्क्रिनमा रिलिज हुँदैछ ‘बाहुबली–२’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘बाहुबली–२’ को रिलिजका लागि एक महिना बाँकी छ । यस्तो अवस्थामा एक पटक पुनः यो वर्षको सबैभन्दा बहुप्रतिक्षित चलचित्रले नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गराएको छ । यो चलचित्र भारतको ६ हजार ५ सय स्क्रिनमा रिलिज हुनेछ । यो चलचित्रले इतिहास बनाएको छ । 
यो भारतको  यस्तो पहिलो चलचित्र हो जसलाई यति ठूलो मात्रामा रिलिज हुने अवसर प्राप्त भएको छ । फिल्मीबिटका अनुसार ‘बाहुबली’को बजेट झण्डै २ सय करोड रहेको छ । यो चलचित्रको ट्रेलरले हालै इतिहास रचेको छ । 
यो ट्रेलर ८५ मिलियन भन्दा बढी पटक हेरिएकोे भारतीय चलचित्रको इतिहास हो । यसलाई  हेर्दा ‘बाहुबली–२’ लाई सबैभन्दा बढी स्क्रिनमा रिलिज गरिँदैछ । यो चलचित्रलाई हिन्दी भाषामा ३ हजार ५ सय स्क्रिन, तमिल, तेलगु र मलयालमलाई ३ हजार स्क्रिन र ओभरसिजमा २ हजार स्क्रिनमा रिलिज गरिँदैछ ।
विश्वव्यापी रूपमा यो चलचित्रलाई ८ हजार ५ सय स्क्रिनमा रिलिज गरिँदैछ । यस चलचित्रका निर्माता करण जौहरले चलचित्रका बारे जानकारी दिए । उनले ‘बाहुबली–२’ भारतीय सिनेमाको इतिहासमा पहिलो पटक सबैभन्दा बढी ठूलो स्तरमा रिलिज हुन लागेको बताए । 
‘बाहुबली–२’ ले अन्य हिन्दी चलचित्रसँगै आफ्नै अघिल्लो भाग ‘बाहुबली’लाई  समेत पछि पार्दै अघि बढेको छ । चलचित्रले नर्थ अमेरिकामा ७५० स्क्रिन पाएको छ । अन्य चलचित्रले पाउने  स्क्रिनभन्दा निकै बढी हो । यो चलचित्र विश्वका ३० देशमा झण्डै १ हजार स्क्रिनमा रिलिज हुँदैछ ।
बाहुबली र बाहुबली २ लाई मिलाएर यो चलचित्रको पूर्ण बजेट ४५० करोड छ । यो कुनै पनि भारतीय चलचित्र भन्दा धेरै ठूलो हो । यो चलचित्रको थिएट्रिकल राइट्सलाई अमेरिकाका डिस्ट्रिब्युटर्स ग्रेटइन्डिया फिल्मस्लाई ७ मिलियन डलरमा बेचिएको छ ।
यो चलचित्रले नर्थ अमेरिकामा १५ मिलियन डलर फाइदा गर्ने अनुमान छ । सन् २०१५ मा रिलिज भएको बाहुबलीको ग्रस कलेक्सन ६५० करोडको भएको थियो । यसमा निर्माताको सेयर झण्डै २५० करोडको रहेको थियो ।
एसएस राजामौलीले बाहुबलीलाई पहिले एकै भागमा देखाउने निर्णय गरेका थिए । तर यो चलचित्रको कथा लामो थियो । यसै कारण ‘बाहुबली–२’ बनाइयो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC