site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान रुनीद्वारा क्लबका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले क्लबका लागि सर्वकालिन सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान बनाएका छन् । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार राति स्टोक सिटीविरुद्धको खेलमा गोल गर्दै कप्तान रुनीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

लिग अन्तर्गत २२ औ चरणको लिग खेल खेल्न म्यानचेस्टर युनाइटेड स्टोक सिटीको घरेलु मैदानको भ्रमणमा गएको थियो । उक्त खेलमा  आत्मघाती गोलको कारण पराजय नजिक पुगेको म्यानचेस्टर युनाइटेडका लागि इन्जुरी समयमा रुनीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

Prabhu Bank
Agni Group
NIC Asia

र, इन्जुरी समयमा फ्रिकिकबाट उत्कृष्ट गोलका रुनीले सर्वकालिन सर्वा्धिक गोलकर्ताको किर्तिमान समेत बनाएका हुन् ।

स्टोकबिरुद्ध अन्तिम समयमा गोल गरेसंगै रुनीले म्यानचेस्टर युनाइटेडका लागि २५० औं गोल गर्दै कीर्तिमान कायम गरे । रुनीले सर बबी चार्लटनले ४४ बर्षअघि बनाएको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

Global Ime bank

चार्लटनले म्यानचेस्टर युनाइटेडका लागि २४९ गोल गर्दै कीर्तिमान बनाएका थिए । सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट युनाइटेड आएका ३१ बर्षिय रुनीले पाँच सय ४६ औं खेलमा यो किर्तिमान बनाएका हुन् ।
यस्तै रुनीको एक गोल मद्दतमा म्यान्चेस्टर युनाइटेडले स्टोकलाई उसैको घरेलु मैदानमा १ – १ गोलको बराबरीमा समेत रोक्न सफल भएको छ  ।

खेलको १९ औं मिनेटमा बल क्लियर गर्ने क्रममा हुवान माटाले आत्मघाती गोल गरेपछि स्टोक सिटीले खेलमा अग्रता लियो । तर, क्लबका लागि सर्वकालीन गोलकर्ता बनेका रुनीले म्यानचेस्टर युनाइटेडलाइ हारबाट बचाए ।

यो बराबरीसँगै म्यानचेस्टर युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको छ । र, म्यानचेस्टर युनाइटेड लिगको छैटौ स्थानमा छ । २८ अंक जोडेको स्टोक लिगको नवौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC