site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियल मड्रिडलाई अपराजित रहन चुनौती
Sarbottam CementSarbottam Cement

मड्रिड । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति स्पेनिस जाइन्ट रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ ।

डर्टमन्डलाई घरेलु मैदानमा निम्त्याउँदा साविकको विजेता रियल मड्रिडलाई अपराजित रहिरहन चुनौतीपूर्ण हुनेछ । गएको वर्षको च्याम्पियन्स लिगमा रियल मड्रिड डर्टमन्डसँग पराजित भएयता रियल अपराजित टिम हो । डर्टमन्डसँग २–१ ले पराजित भएयता रियल पछिल्ला ३३ खेलमा अपराजित छ । २४ खेलमा जित निकालेको रियलको अपराजित यात्रामा ९ खेल बराबरी पनि समावेश छ । यस्तोमा बुधबार राति घरेलु मैदानमा डर्टमन्डलाई पराजित गर्ने लक्ष्यका साथ रियल मैद्यान उत्रने पक्का छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डर्टमन्डविरुद्ध पोर्चुगिज क्रिष्टियानो रोनाल्डो रियलका प्रमुख हतियार हुनेछ । यस्तै कप्तान सर्जियो रामोस र क्यासमिरो खेलमा फर्कनु रियललार्ई अर्काे सुखद पक्ष हुनेछ । ला लिगा अन्तर्गतको इएल क्लासिकोमा रामोसले अन्तिम समयमा गोल गर्दै रियललाई हारबाट जोगाएका थिए भने, क्यासमिरोले गोललाइनबाटै बल क्लियर गरेका थिए । तर, रियललाई वेल्सम्यान ग्यारेथ बेलको अभाव खड्कनेछ ।
यता, जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेगालाबाँचलाई ४–० ले पराजित गरेर हौसिएको डर्टमन्ड पनि रियललाई पराजित गर्ने अभियानमा हुनेछ । रियललाई पराजित गर्न सके डर्टमन्डले रियलको ३३ खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम लगाउने छ । पछिल्लो एकवर्षमा रियललाई पराजित गर्ने पहिलो टोली बन्नेछ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले डर्टमन्डविरुद्धको खेल च्याम्पियन्स लिगको फाइन्ल सरह नै भएको बताएका छन् । समूह एफ मा रहेको दुवै टिम नकआउट चरणमा प्रवेश गरिसकेको छ । दुवै टिमको लक्ष्य समूह विजेता बन्ने रहेको छ । समूह चरणको अन्तिम खेलमा रियलले जिते रियलले आफ्नो अपराजित यात्रा ३४ औं खेलसम्म पुर्याउने छ । भने डर्टमन्डले जिते समूहको शीर्ष स्थानमा रहनुका साथै रियलको अपराजित यात्रामा पूर्णविराम लगाउनेछ ।
डर्टमन्डको पाँच खेलबाट १३ तथा रियलको पन समान पाँच खेलबाटै ११ अंक छ । एजेन्सी

 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !