site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
लम्बियाे ओलीको आयु
Sarbottam CementSarbottam Cement

बजेट आउनुअघि नेपाली कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको अवस्थामा पनि जोगिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बजेट जारी गर्नेबित्तिकै फेरि हल्लिएको थियो । एनेकपा (माओवादी)बाट नेकपा (माओवादी केन्द्र) बनेको दलका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुपर्छ भन्ने लहर फेरि चल्यो । एमाले र माओवादीबीच भएको भद्र सहमति लागु हुनुपर्छ भन्ने ठूलै माग भयो तर त्यो डाँको पनि फासफुस भएको छ । अब ओलीको सरकार अझै केही महिना सहज ढंगले चल्ने देखिएको छ । आजको नयाँ पत्रिकाले सरकारको आयुको विषयमा राम्रो मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाअनुसार सरकारको आयु लम्मिनुमा सबैभन्दा प्रमुख कारण अहिले राष्ट्रिय सरकार बन्नसक्ने सम्भावना नहुनु नै हो । माओवादी र एमालेबीच राष्ट्रिय सरकार बन्ने अवस्थामा प्रचण्डलाई नेतृत्व दिने विषयमा सहमति भएको तर हाललाई सो अवस्था नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पदावधि लम्मिने संभावना बढेर गएको छ । त्यस्तै बजेटअघि सरकार फेर्ने क्रममा माओवादीले अन्तिममा आएर धोका दिएका कारण माओवादी र नेपाली कांग्रेसबीच अविश्वासको खाडल बढेर गएको छ । त्यसले गर्दा पनि प्रचण्डको सरकार बन्ने संभावना कम भएको हो । त्यस्तै, एमालेले सरकार नछाड्ने मनःस्थिति बनाएको विषयलाई पनि नयाँ पत्रिकाले एक बुँदा बनाएको छ । सरकारमा भएको दलले नेतृत्व छाड्न नचाहनु त्यसै पनि स्वाभाविकै हो ।
त्यस्तै, सरकारमा भएका माओवादीका नेताहरूले पनि अहिले सरकार छाड्ने मनःस्थिति नदेखाएको नयाँ पत्रिकाको बुझाइ छ । सरकारमा माओवादीका नेतृत्वकर्ता उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति कायम नहुन्जेल यही सरकार रहने भनेर बोलेको विषयले पनि सरकारमा बस्ने माओवादी नेताको भावना प्रतिनिधित्व गरेको छ । नयाँ पत्रिकाअनुसार अहिले सरकार टिकाउने विषयमा एमाले पुनः एकजुट भएको कारणले पनि सरकारको आयु बढेको हो । यसै समाचारमा नेपाली कांग्रेसको धारणा प्रस्तुत हुने समाचार पनि नयाँ पत्रिकाले प्रकाशित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता डा. प्रकाशशरण महतका अनुसार जबसम्म ओली सरकार अल्पमतमा पर्दैन तबसम्म नयाँ समीकरणको विषयमा नजान सभापति देउवालाई पार्टीभित्रै ठूलो दबाब रहेको छ ।

यसै सन्दर्भमा आजको गोरखापत्रले पनि दुई कोलमको मुख्य समाचार प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले नेपालगन्ज विमानस्थलमा पत्रकारसँग गरेको कुराको विवरण पेस गरेको छ । गोरखापत्रका अनुसार प्रधानमन्त्रीले देशको राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिने भनेका छन् । एकातिर राष्ट्रिय सरकार भएको खण्डमा प्रचण्डको नेतृत्व हुने भनेर प्रचार भइरहेको छ भने ओलीले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिने कोसिस भइरहेको बताएका छन् । अर्थात्, आउँदो स्थानीय निर्वाचन र संसदीय निर्वाचनसम्म ओलीले पदबाट नहट्न भरमग्दुर कोसिस गर्ने अवस्था देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचार आकाशमा चम्किए अम्बर

नेपाली सांगितिक क्षेत्रमा अतुलनीय योगदान गरेका वरिष्ठ संगीतकार अम्बर गुरुङ कसरी नेपाली जनताको मन र मस्तिष्कमा न्यानोस्थान ओगटेर बसेका रहेछन् भन्ने आजका दैनिक पत्रिकामा उनको मृत्युको समाचारलाई दिइएको महत्वबाट स्पष्ट भएको छ ।

Global Ime bank

आजको कान्तिपुरले नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अम्बर गुरुङको विषयमा बोल्न लगाएर गहकिलो श्रद्धाञ्जली अर्पण गरेको छ । कृष्ण गोपालले बनाएको श्याम श्वेत स्केचलाई पृष्ठको एक चौथाई स्थान दिएर राष्ट्रकवि घिमिरेको भनाइ र देवेन्द्र भट्टराईको समाचारमूलक श्रद्धाञ्जलीले कान्तिपुरको कभरेज उत्कृष्ट देखिएको छ ।

कान्तिपुरले अम्बर गुरुङलाई सात कोलम स्थान दिएको छ भने अन्नपूर्ण पोस्ट तथा हिमालय टाइम्सले गुरुङको महाप्रस्थानलाई आठ आठ कोलमको समाचार बनाएका छन् । यी दुवै दैनिकले आफ्नो प्रथम पृष्ठमा अरु कुनै समाचारलाई स्थान दिएका छैनन् । हिमालय टाइम्स तथा अन्नपूर्ण पोस्ट दुवैले गुरुङको पार्थिव शरीरको तस्विर प्रकाशित गरेका छन् । राजधानीले पनि पार्थिव शरीरकै तस्विर प्रकाशित गरेर ६ कोलममा समाचार विस्तार गरेको छ । राजधानीले प्रधानमन्त्रीद्वारा व्यक्त दुःखलाई बक्स बनाएर प्रकाशित गरेको छ ।

कान्तिपुरले मुख्य समाचार राष्ट्रकविले व्यक्त गरेको सम्झनालाई बनाएको छ भने अन्नपूर्ण पोस्टले अर्का प्रवासी साहित्यकार पिटर जे. कार्थकको लेखलाई मुख्य समाचार बनाएको छ । कार्थकले अम्बर गुरुङलाई नेपाली संगीतका ‘माइस्ट्रो’ भनेका छन् ।

नागरिकमा देवेनले बनाएको रंगिन स्केच सहित दीपेन्द्र लामाले संगीतज्ञ अम्बर गुरुङप्रति श्रद्धाञ्जली समाचार लेखेका छन् । लामाका अनुसार गुरुङले नेपाली संगीतलाई पूर्वीय शास्त्रीय संगीत र पाश्चात्य संगीतका संरचना र प्रविधि थपेर अझ परिष्कृत गरे । नागरिकले जस्तै गोरखपत्रले पनि गुरुङको समाचार ६ कोलममा विस्तार गरेको छ । गोरखापत्रले पनि कलाकार केशवको स्केच र पार्थिक शरीरमा गुरुङकी पत्नीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेको फोटो समानान्तरूपमा प्रकाशित गरेको छ ।

संगीतज्ञ गुरुङको समाचारलाई नयाँ पत्रिकाले प्रथम पृष्ठमा अन्य पत्रिकाले भन्दा कम स्थान दिएको छ । दुई कोलममा प्रकाशित समाचारमा गुरुङका सुपुत्र किशोर गुरुङले आफ्ना पिताको अर्केस्टा बनाउने सपना पूरा गर्ने संकल्प गरेको समाचारलाई नयाँ पत्रिकाले बक्स बनाएको छ ।

मृत्यु सादा कि रंगीन?

कुनैपनि विशिष्ट व्यक्तिको मृत्यु हुँदा न्युजरुममा उनको तस्बिर वा स्केच रंगीन गर्ने कि श्यामश्वेत बनाउने भन्ने छलफल हुनेगर्छ । वास्तवमा मृत्युलाई शोकमय, गम्भीर र अत्यन्त असामयिक सोच्ने हो भने त्यस्तो भावनाअनुरूप श्यामश्वेत तस्विर नै ठीक देखिन्छ । कुनै अत्यन्त ठूलो प्रतिभाको सानै उमेरमा मृत्यु भयो, दुर्घटनाबाट मृत्यु भयो वा हत्या भयो भने श्यामश्वेत तस्बिरले भाव झल्काउँछ । तर कुनै प्रतिभा पूर्णरूपमा प्रस्फुटित भएर जीवनको उत्तराद्र्धमा पुगेर देहत्याग गर्छन् भने त्यस्तो अवस्थामा उनको महानिर्वाणलाई उज्यालो रूपमा पनि संझिन सकिन्छ भन्ने सोच पनि उत्तिकै सान्दर्भिक हुनसक्छ । अम्बर गुरुङको मृत्युमा पनि नेपाली पत्रिका यही विषयमा विभाजित भएको देखिन्छ । कान्तिपुर र नयाँ पत्रिकाले श्यामश्वेत स्केच प्रकाशित गरे भने गोरखापत्रले स्केच श्यामश्वेत तर तस्विर रंगीन प्रकाशित ग¥यो । नागरिकले स्केच नै रंगिन बनायो भने हिमालय टाइम्स, राजधानी तथा अन्नपूर्ण पोस्टले रंगीन तस्विरलाई मुख्य बनाएका छन् ।

सम्पादकीय

आज समीक्षित दैनिक पत्रिकामध्ये अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिक, राजधानी तथा हिमालय टाइम्सले संगीतकार अम्बर गुरुङले नेपाली सांगीतिक क्षेत्रमा दिएको योगदानको चर्चा गरेर सम्पादकीय लेखेका छन् । यसरी देशका एक उज्वल नक्षत्रलाई नेपाली पत्रकारिता क्षेत्रले एक समान इज्जत दिएकाले यो क्षेत्रमा लाग्ने सम्पूर्ण कलाकारलाई सम्मान महसुस हुने र आफ्नो क्षेत्रमा थप लाग्न सकारात्मक ऊर्जा प्राप्त हुन्छ । सबै पत्रिकाको यो विशेष लगावलाई नेपाली पाठकले साधुवाद अर्पण गरेको हुनुपर्छ ।

आजका गोरखापत्र तथा नयाँ पत्रिकाले अम्बर गुरुङमाथि सम्पादकीय लेखेका छैनन् । गोरखापत्रले दुर्घटनाविरुद्ध सामूहिक प्रयासको महत्वमा प्रकाश पार्दै सम्पादकीय लेखेको छ भने नयाँ पत्रिकाले बैंक तथा वित्तीय संस्था ऐनमा ‘स्वार्थको द्वन्द्व’ देखिएको विषयमा सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC