site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ज्यान मार्ने उद्योगदेखी साइबर क्राइमसम्मका मुद्दा फिर्ता लिन दबाब
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगजस्ता गम्भीर प्रकृतिका घटनामा संलग्न आफ्ना नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिएको छ । गत वर्ष संविधान घोषणापछि भएको आन्दोलनका क्रममा हिंसात्मक घटनामा संलग्न भएका ४ सयभन्दा बढी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिन मोर्चाले सरकारलाई दबाब दिएको हो । 
तत्कालीन केपी ओली सरकारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि सरकार र आन्दोलनरत मोर्चाबीच वार्ता हुन नसकेको पृष्ठभूमिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मोर्चाबीच तीन बुँदे लिखित सम्झौता भएको थियो । सम्झौताको ३ नम्बर बुँदामा मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मत हाल्ने र बुँदा नम्बर २ मा दाहाल नेतृत्वको सरकारले आन्दोलनको समयमा पक्राउ परेका मोर्चाका कार्यकर्ता र उनीहरूका सम्पूण मुद्दा फिर्ता लिने सम्झौता भएअनुसार सरकार गठन भएको २ महिना बितिसक्दा पनि मुद्दा फिर्ता नलिएपछि मोर्चाले मुद्दा फिर्ता लिन निरन्तर दबाद दिँदै आएको छ । 
मोर्चाले ३ बुँदे सभ्झौता कार्यान्वयन नभए तिहारपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा प्रधानमन्त्रीलाई अवगत गराएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । सहमति कार्यान्वयन नहुने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाले धम्की दिएपछि गृहमन्त्री बिमलेन्द्र निधिले प्रहरी प्रमुखसँग समेत मुद्दा फिर्ता लिनेबारेमा कुरा गरेको स्रोतले बतायो । कैलालीको टीकापुरमा भएको एसएसपी हत्यामा संलग्नसमेतको मुद्दा फिर्ता लिने विषयमा भने गृहमन्त्री र प्रहरी प्रमुखबीच कुरा मिल्न सकेको छैन । 
मधेसी मोर्चाले सरकारलाई मुद्दा फिर्ता लिन बुझाएको नामावलीमा कैलालीमा एसएसपीसहितका सुरक्षाकर्मी र २ वर्षे बालक हत्यामा संलग्न भनिएका, महोत्तरीको जलेश्वरबाट जनकपुर ल्याँइदै गरेका सईलाई एम्बुलेन्सबाट  निकालेर हत्यामा संलग्न भएका, राष्ट्रपति जनकपुर जाँदा विरोधमा उत्रिएका र सुनसरीमा चीनको झण्डा जलाउन संलग्न भएका पनि छन् । 
गत साउन १९ गते प्रमुख दुई दल र मोर्चाबीच भएको सम्झौताको दोस्रो बुँदामा आन्दोलनको क्रममा हत्या, हिंसा, तोडफोडलगायतका घटनाको बारेमा अनुसन्धान गर्न एक आयोग बनाउने भनिए पनि आयोगले काम गर्नुपूर्व नै मोर्चाले सरकारलाई मुद्दा फिर्ता लिन निरन्तर दबाब दिँदै आएको छ । मोर्चाका नेताहरुले पक्राउ परेकाहरु आपराधिक घटनामा संलग्न नभई राजनीतिक आन्दोलनमा संलग्न भएकोले उनीहरुलाई छोड्नुपर्ने तर्क गर्दै आएका छन् ।  सरकारले आन्दोलनमा भएका घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग बनाए पनि आयोगले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । 
मुद्दा लागेकामा सबैभन्दा बढी कैलालीबाट १ सय १३ जना छन् । उनीहरु सबैलाई  कर्तव्य, ज्यान, डाँका, चोरी र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ । ती अधिकांश गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा संलग्नहरु रहेका भनेर प्रहरीले आरोप लगाएकाहरु हुन् । यसैगरी मुद्दा फिर्ता लिन मोर्चाले बुझाएको लिस्टमा प्रहरी कार्यालय तोडफोडमा संलग्न ४० भन्दा बढी मोर्चाका कार्यकर्ता पनि छन् । मुद्दा फिर्ता लिन दबाद दिएकाहरु मध्ये प्रहरीले शरीर बन्धक, खरखजानामा मुद्दा चलाएकाहरू पनि छन् । 
 
मोर्चाले मुद्दा फिर्ता लिन सरकारलाई बुझाएको नामावली 
मोरङ – २०
ज्यान मार्ने उद्योगमा – ६ (४ जना थुनुवा)
कर्तव्य ज्यान – १
सार्वजनिक अपराध – ९
नखुलाएको – २ 
तोडफोड गरेको – २
सुनसरी – ४३ 
आगजनी तथा सार्वजनिक अपराध – २ (चीनको झण्डा जलाएको)
मोटरसाइकल आगजनी – ३४
खरखजाना – ७
सप्तरी – २१
आगजनी – ४ पक्राउ गरी मुद्दा दर्ता गरी अनुसन्धान जारी
डाँका दर्ता नम्बर २१२ – २
कर्तव्य ज्यान – ६ 
चोरी डाँका मुद्दा – ३
झुटा मुद्दा (मोर्चाको भनाइ) – ६
सिरहा – ३३
डाँका तथा आगजनी – ५ 
आगजनी – ३ 
कर्तव्य ज्यान – २ (थुनुवा)
सार्वजनिक अपराध – ९
कर्तव्य ज्यान, आगजनी – ६
सार्वजनिक अपराध आगजनी – २
आगजनी तथा ज्यान मार्ने – ५ (पहिले २)  
हातहतियार तथा खजाना – १ (पहिले थिएन)
धनुषा – २५
आगजनी तथा लुटपाट – १२ (९ जानकी मन्दिरमा तोडफोड गरेको)
सार्वजनिक अपराध – ४
डाँका, चोरी – ७
मुद्दा, साइबर क्राइम – १ 
तोडफोड – १ (जानकी मन्दिरमा राष्ट्रपति आउँदा)
महोत्तरी – ९५ 
ज्यान मार्ने – २५ 
मुद्दा नखुलाएको – ३
लुटपाट, डाँका – ५
आगजनी मुद्दा – ४
कुटपिट मुद्दा – ४
नखुलाएको – ३
लुटपाट – २
आगजनी तथा लुटपिट – ४९ (४२ जना प्रहरी चौकीमा आगजनी)
सर्लाही – ३४
सार्वजनिक अपराध – १२
आगलागी – १७
ज्यान मार्ने तथा आगजनी – १
के.स.आ – ४
रौतहट– ११
अपहरण, बन्धक – २
हातहतियार, खरखजाना – १
ज्यान मार्ने उद्योग – ७
सार्वजनिक अपराध –१
बारा – २९
नखुलाएको मुद्दा – १४
सा.अ.तथा आगजनी– १
आगजनी – ३
केही सार्वजनिक अपराध तथा ज्यान मार्ने – १
केही सार्वजनिक अपराध – २ 
आगो लगाएको खोजी भइरहेको – ३
आगो लगाई ज्यान मार्ने धरौटी राखी तारेखमा छुटेको – १
आगजनी प्रहरी चौकी – ३
मुद्दा नं. ५५ इलाका प्र का सिमरा – १
पर्सा – ३३
ज्यान मार्ने – ११ (१ जना वीरगन्ज कारागारमा र ९ जना भारतमा )
सार्वजनिक अपराध – ८
आगजनी – ८
सार्वजनिक अपराध तथा आगजनी – ६
नवलपरासी – १२
ज्यान मार्ने – ८
आगलागी – ४
रुपन्देही – ७
आगजनी – ४
सार्वजनिक अपराध – २ 
साइबर क्राइम – १
कपिलवस्तु – १२
सार्वजनिक अपराध – १२
बाँके – ३
ज्यान मार्ने – १ (कारागारमा थुना)
सार्वजनिक अपराध मुद्दा – २
कैलाली – ११३
कर्तव्य, ज्यान, डाँका, चोरी र ज्यान मार्ने उद्योग – ९३
कर्तव्य, ज्यान, डाँका, चोरी र ज्यान मार्ने उद्योग – २० (सबै थुनामा)
ललितपुर – १
सार्वजनिक अपराध – १
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC