भारतको बागडोग्रा विमानस्थलबाट तीन नेपाली महिलाको उद्धार

सिलगुडी ।  १८ देखि ४५ वर्ष उमेर समूहका तीन जना नेपाली महिलालाई भारतको बागडोग्रा विमानस्थलबाट प्रहरीले उद्धार गरेको छ । उनीहरु सो विमानस्थल हुँदै खाडी राष्ट्रमा जान लागेका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुलाई शनिबार प्रहरीले उद्धार गरेको हो । कुनै पनि कागजात नभएका उनीहरु खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा जान लागेको पाइएको प्रहरीले बताएको छ ।
यसरी जाने मान्छेको नयाँ दिल्लीमा सम्पर्क व्यक्ति यसअघि हुने गरेको भएपनि शनिबार उद्धार गरिएका ती नेपाली महिलाले भने त्यस्तो सम्पर्क व्यक्तिको सूचना नदिएको प्रहरीले जनाएको छ । 
 


प्रतिकृया दिनुहोस