विदेश
काठमाडौं । भारतको पश्चिम बंगाल, बिहार र आसामका केही क्षेत्रमा भूकम्प गएको छ । पश्चिम बंगालको जलपाईगुडी, सिलीगुडी, कोलकाता, मालदा र अलीपुरदौरमा भूकम्पको झट्का महशुस गरिएको हो ।
त्यस्तै बिहारको सीमाञ्चल क्षेत्रमा पर्ने किशनगञ्ज, पूर्णिया, भागलपुर, मुंगेर, कटिहार र अररियामा पनि भूकम्प गएको छ । प्रारम्भिक जानकारी अनुसार दुबै राज्यमा २५ देखि ३० सेकेण्डसम्म झट्का महशुस गरिएको छ ।
कोलकातामा भूकम्पको डरले नागरिक घरबाट बाहिर निस्केका छन् । आसामको सपतग्रामलाई केन्द्र बनाएर गएको भूकम्पको तीव्रता ५.४ रेक्टर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् अहिलेसम्म भूकम्पले पुर्याएको क्षतिको कुनै पनि विवरण प्राप्त हुन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५ ११:१४
प्रतिक्रिया दिनुहोस्