site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
मोती जयन्तीमा सुवेदी र विश्वकर्मा सम्मानित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बोस्टन, अमेरिका । युवक कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसको अवसर पारेर अमेरिकाको बोस्टनमा कवि लालगोपाल सुवेदीलाई नगद र सम्मानपत्र सहित ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा सम्मानित गरिएको छ । विगत तीन दशकदेखि साहित्यमा कलम चलाउँदै आएका उनलाई दर्जनभन्दा बढी कृति प्रकाशन गरेबापत सम्मानित गरिएको हो । 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मालाई विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा पदम विश्वकर्मा र राजमित्र स्मृति प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’ले सम्मानित साहित्यकार लालगोपाल सुवेदीका बारेमा बोलेका थिए । 
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शैवले निकट भविष्यमै एउटा पुरस्कार बोस्टनमा र अर्को पुरस्कार अन्तर्राष्ट्रियस्तरमा प्रदान गर्नका लागि गृहकार्य भइरहेको बताए । 
राजमित्र प्रज्ञा प्रतिष्ठानका संस्थापक तथा संरक्षक साहित्यकार सुशील नेपाल, कवि गोवद्र्धन पुजाले पनि बोलेका थिए । 
सो अवसरमा महेश्वर पन्त, रामचन्द्र पौडेल रम्घाली, दीपा राई पुन, अच्युत अधिकारी, हरिमाया अधिकारी, अग्नि पराजुली, सिम्रन पौडेल, मनोज आचार्य, अनु शाह, गण्डकी पुत्र, यम पौडेल लगायतले आआफ्ना रचना वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC