काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताजसँगै नगद रु ५० हजार हात पारिन् ।
प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन् । प्रतियोगिताको पस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी हात पारे । उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर,सृजना घमिरे मिस फ्रेण्डसिप,श्रृति थापा मिस पर्सनालिटि,सगुन अधिकारी मिस वाल्क घोषित भए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।