site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृतकको संख्या पाँच पुग्यो, बेपत्ता चारको खोजी जारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का र गोसाइँकुण्ड – १ थुमनका मिग्मार गुम्बु तामाङ रहेका छन् । बेपत्ता भएका चारजनाको  खोजी जारी छ । 

उनका अनुसार टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । बिहान सबेरैदेखि बेपत्ताको खोजी कार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको रसुवाका प्रजिअ कृष्ण पौडेलले बताएका छन् ।  स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोले तीन घर र पाँच ट्रक तथा टिपरमा पूर्ण रूपले क्षति पुगेको बताइएको छ। पहिरोमा तीन वटा कन्टेनर पनि पुरिएका छन् ।
घटनास्थल सदरमुकाम धुन्चेबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेकाले उद्धारमा समस्या भइरहेको बताइएको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC