site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
8CHvveZoKnM
Sarbottam CementSarbottam Cement
धन्यवाद सुवर्ण अवाले, १६० जनाको ज्यान जोगाएकोमा !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
गत आइतबार राति नेपाल वायुसेवा निगमको नयाँ एयरबस ए ३२० जहाज दिल्लीबाट काठमाडौंतर्फ आउने क्रममा धावनमार्गमा रोल हुँदै गर्दा पाङ्ग्रा पड्किएपछि चालक दलले जहाजलाई दिल्ली विमानस्थलमै सकुशल आकस्मिक अवतरण गराए । 
नाइन एन-अल्फाकिलोह्विस्की कलसाइनको जहाज निगमले गत वर्षमात्रै किनेको थियो, जसलाई सगरमाथा नाम दिइएको छ । समाचारमा आएअनुसार उड्नेबित्तिकै जहाज थर्किन थालेको निगमका अन्य पाइलटले बताएका छन् । तर, त्यसै उडानका कप्तान सुवर्ण अवाले तथा सहचालकको आधिकारिक रूपमा कुनै वक्तव्य या भनाइ भने अहिलेसम्म आएको छैन ।
सेतोपाटीले जनाएअनुसार पाङ्ग्रा पड्किँदा टुक्रिएको चोइटा ‘फ्ल्याप’मा अड्किएको थियो ।  जहाजको पखेटामा रहेको 'फ्ल्याप' नै हलचल नगर्ने हो भने जहाजलाई नियन्त्रणमा लिन चालक दललाई निकै हम्मे परेको हुनुपर्छ । जहाजको डेटाअनुसार एयरबोर्न भएदेखि ल्यान्डिङसम्मको समय ठीक २५ मिनेट रहेको छ । यो २५ मिनेटमा जहाजको चढाइ सरल रहे पनि गति र मेनुवरिङ सरल देखिन्न । जहाज एयरबोर्न भएको (जमिन छाडेको) एक मिनेटमा ३६० किमी प्रतिघन्टाको गतिमा २८५० फिटमाथिमा पुगेको थियो । त्यसपछि गति कम हुँदै २७२ किमी प्रतिघन्टामा आएको छ, उचाइ भने ३३०० फिट पुगेको छ ।
दुई मिनेटपछि गति बढेर ४१५ किमी पुगेको छ र उचाइ ३९७५ फिट । आठ मिनेटसम्म यही घटबढ क्रम जारी छ । जहाजको उचाइ ४१०० फिटसम्म रहेको छ । तर १३ मिनेटपछि पुनः जहाजको गति अढार्इ मिनेटसम्म घट्दै जान्छ र २४४ मा आउँछ र उचाइ पनि ३६५० फिटमा ओर्लेको देखिन्छ । दिल्ली विमानस्थलको उचाइ ७७८ फिट छ । यसबेला चालकदल अवतरणको तयारीमा रहेको देखिन्छ । तर, एक्कासि जहाजको पावर बढार्इ दायाँ मोडिन्छ ।
गति ३६८ सम्म पुगेको छ र उचाइ पनि ५०० फिट बढेको छ । जहाजलाई टावरले एक फन्को अझै मार्न भनेको हुनसक्छ या कप्तान आफैंले चाहेको हुनसक्छ । एयरबस ए३२० को साधारण टेकअफ गति २७५ किमी प्रतिघन्टा हुन्छ भने अवतरण २२०-२६०  हुन्छ । कुनै पनि जहाजको आपतकालीन अवस्थामा एयर ट्राफिक कन्ट्रोलरले चालकदललाई सोध्ने चलन हुन्छ "गो अहेड योर इन्टेन्सन अर्थात अब तिमी के गर्न चाहन्छौ त ? अनि चालकदलको इच्छा र सहजतालाई हदैसम्मको उच्च प्राथमिकता दिइन्छ । जहाजले करिब ४ हजार फिटको उचाइमा दुई छोटो छोटो चक्कर लगाएको थियो । चक्कर अनियन्त्रणले भन्दा पनि विमानस्थलको ट्राफिक क्लियरेन्सले लगाउनुपरेको हुनुपर्छ ।
यस्तो अवस्थामा जहाजलाई आकाशमा नियन्त्रणमा राख्नुभन्दा अवतरण झनै जोखिमपूर्ण हुन्छ । नयाँ जहाज 'सगरमाथा'मा प्राविधिक गडबडी नभर्इ भवितव्य आइलाग्नाले एकैपटक दुई खाले समस्या आइपरी आपतकालीन अवस्था सिर्जना भएको थियो । 
१) .पाङ्ग्रा पड्किएको अवस्थामा अवतरण गरेको २) समाचारअनुसार पाङ्ग्राको टुक्रा 'फ्ल्याप'मा अड्किएको । 
यो घटना सायद निगम इतिहासकै जोखिमपूर्ण अवस्थामध्येको हुनुपर्छ । यस्तो अत्यन्त जोखिममूर्ण परिस्थितिबाट जोगिन एकमात्र उपाय बाँकी रहन आउँछ; चालकदलमा धैर्य र स्थिति नियन्त्रणमा लिनसक्ने कौशल । यसकारण कप्तान सुवर्ण अवाले तथा उडानदलका सम्पूर्ण सदस्य धन्यवादका पात्र हुन्, जसले आफूसहित १६० जनालाई दोस्रो जीवन दिए ! (डेटा सौजन्य; फ्लाइटरेडार)
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement