site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरैपिच्छे बस बिसौनी !

सरकारी अडानका कारण सार्वजनिक यातायातमा विद्यमान सिन्डिकेट पद्धति तोडिएको छ । योसँगै सार्वजनिक यातायातमा दैनिक यात्रा गर्ने यात्रुले थोरैमात्रै भए पनि सुविधा अनुभव गरेका छन् । ‘अब त कम्तीमा बस यात्रामा त्यति गाह्रो नहोला नि’ भन्दै । 
यस्तो सोच्नु गलत पनि होइन तर अवस्था उस्तै छ । आज पनि सार्वजनिक यातायातमा यात्रुहरूले समस्या भोग्दैआएका छन् । सार्वजनिक सवारीका यात्रुले आज पनि पीडा खप्नुपर्ने अवस्था छ । यो पीडालाई सुविधा भन्न किमार्थ सकिँदैन ।

राजधानीमा यताउता जान गाडीमा चढ्नु जरुरीजस्तै छ । अहिले राजधानीमा बढ्दो जनघनत्वसँगै बसाइ टाढाटाढा हुँदैगएको छ । काठमाडौंका काँठ इलाका सबै गाउँबाट नगर बनेका छन् । तर, नगरको सेवा सुविधा केही पनि पाउन सकिँदैन यी ठाउँमा । 

जुन ठाउँमा रत्नपार्क र सुनधारासम्म पुग्न र त्यहाँबाट फर्किन पर्याप्त बस पाइँदैन, घर बाहिर निस्कनासाथ ट्याक्सीको आशा गर्नु ‘आकाशको फल’ सरी हुनेगरेको छ, यसलाई सहर वा नगर कसरी भन्ने ? यति कष्ट हुँदाहुँदै पनि यात्रामा दिनहुँ निस्कनु पर्छ । फर्कनु पर्छ ।
यो पङ्तिकारसँगै लाखौको दैनिक यात्रा यस्तै कठिन र पीडादायी हुने गरेको छ । दस बाह्र किलोमिटरको यात्रा तय गर्नपनि करिब डेढ घन्टाको समय एकतर्फी खर्चनु त छँदैछ । त्यसबाहेक सानो बस र अत्यधिक भिडभाडले सिटमा बस्न पाउने ’भाग्यमानी’ यात्रुलाई सकस दिँँदैआएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमाथि माटाको धुलोले रँगमगिएको वातावरण अनि सिट क्षमताभन्दा बढी यात्रु कोचिएको बसमा बन्द गरिएका झ्याल । कस्तो हालतमा यात्रारत होलान यात्रु सहजै अनुमान गर्न सकिन्छ ।

केही दिनअघि मात्रै एउटा बसमा एकजना वृद्ध यात्रु बीचमै बसबाट ओर्लिए । उनले झ्याल खोल्न भन्दा धुलो आउँछ भनेर झ्याल नखोले पछि उनलाई सास फेर्न गाह्रो भयो र बीच बाटोमै ओर्लिन बाध्य भए । साँझको बेला थियो । सायद, घर फर्किँदै थिए । बीचबाट उनले अर्को गाडी पाए पाएनन् थाहा भएन । ट्याक्सी त्यो ठाउँमा पाउन सम्भव थिएन । 

Global Ime bank

यसरी सिन्डिकेट तोडिए पनि यो सकसबाट मुक्त हुनसकेका छैनन् काठमाडाैंबासी । बरु, सम्झिरहेका छन् भैरव अर्यालको कथन — ‘सिट बीस भए भीड सौ तकको’ र भोगिरहेका छन् पीडामाथि पीडा ।

यो सकससँगै नगरपालिकाको बोर्ड झुन्ड्याएका गाउँतिर घरैपिच्छे बस रोक्ने प्रवृत्ति यात्रु र गाडी चालकमा बढ्दै गएको छ । त्यसो त जुनसुकै रुटमा पनि सार्वजनिक गाडी रोकिनका लागि निश्चित स्थानमा बस बिसौनी तोकिएको हुन्छ । तर, बिसौनीको कुनै अर्थ भएजस्तो भन्ने लाग्दैन । किनभने, बस चढ्न खोज्ने सबै यात्रु आफ्नैे घर वा डेरा अगाडि उभिएका हुन्छन् । अनि चालकले ती ठाउँबाटै यात्रु उठाउँदै हिँड्छन् । बस बिसौनीसम्म न त यात्रु पुग्छन् । न त चालक र खलासीले यात्रुलाई बस बिसौनीमा जानुस् भनेको कहिल्यै सुनिन्छ । 
यसले बसमा बसेका यात्रुलाई यातनामात्रै दिइरहेको हुन्छ । कम्तीमा बस बिसौनीमा रोकिदिए त हुन्थ्यो नि ! तर हैन, हरेक घर बस बिसौनी बन्दै गएको छ गाउँमा । 

बस बिसौनीबाहिर रहेका यात्रुलाई बसमा लिने प्रवृत्तिलाई प्राथमिकता नदिएको भए सायद आज यस्तो अवस्था आउने थिएन होला ।

करिब चालीस वर्षअघिको प्रसंग सम्झनामा आइरहेको छ मलाई । बाटोमा गुच्चा खेलेको कुरा भन्दा अहिले केटाहरू हाँस्छन् । तर, यथार्थ हो त्यो । आजको समयमा ट्राफिक जामका लागि कहलिएको एउटा चोक चावहिलमा कुनै बेला यो पङ्तिकार केही गुच्चे साथीका साथ घन्टौं गुच्चा खेलेर बिताउँथ्यो । आज यसलाई चाबहिल चोक वारिपारि गर्न पनि गाह्रो हुनथालेको छ । कहिले काँही त दस पन्द्र मिनेट नै एकातिर उभिएर रमिता हेर्नुबाहेक अरू केही गर्न सकिन्न । 

त्योबेला गाडी पनि कम चल्थ्यो । सहर जानु भनेको असन, इन्द्रचोक वा न्युरोड जानु हुन्थ्यो । त्यस्तो अवस्था आइप¥यो भने घन्टौपछि आउने साझा बस कुर्नुपथ्र्याे । हैन, छिटो पुगौँ भन्ने लागे गौशाला चोकमा मिनीबस चढ्न जानुपथ्र्याे । यसरी गाडी चढ्नै पनि केही समय पैदल यात्रा गर्नुपथ्र्याे ।

मिनि बस होस् वा साझाको बस भिड त उतिे बेला पनि हुन्थ्यो । तर त्यतिबेला ठाउँ कुठाउँ यात्रु चढाउँदैनथे ड्राइभर खलाँसीले । सडक खाली हुन्थ्यो । बीचमै रोकेर यात्रु चढाए पनि हुन्थ्यो । तर, त्यस्तो अराजक अवस्था थिएन त्यसबेला । बत्तीसपुतलीका यात्रु भए बस चढ्न कि गौशाला पुग्थे कि त पुरानो बानेश्वर । वानेश्वर ओरालो सेतो पुलका यात्रु भए कि बानेश्वर उक्लन्थे कि मैतीदेवी चोक पुग्थे । बीचमा गाडी रोकिन्थेन । तर, आज घरघरै रोकिन्छ । न त रोक्ने यात्रुलाई लाज लागेको देखिन्छ न ड्राइभर र खलासीलाई नै । ड्राइभर खलासीलाई त पैसामात्रै भए पुग्छ । हरेक यात्रुको मूल्यांकन पन्द्रबीस रुपैयाँ । बस्, तिनको चाह भनेको यत्ति हो ।  

मनलाग्दी छ सवारी चालक र खलासीहरूको । एकजना यात्रु पनि छाड्न चाहँदैनन् तिनीहरू । पछिपछि खाली बस आइरहेको छ भने पनि तिनले अर्को बस आइरहेको छ भन्दैनन् । यतिसम्म अराजक स्वभाव देखाइरहेका हुन्छन् । 

यात्रु पनि कम छैनन् । ती पनि धैर्य गर्न सक्दैनन् । न अर्को बस कुर्छन् । न त बस बिसौनीसम्मै पुग्छन् । घरै अगाडि बस रोकेर चढ्ने स्वभावका त्यस्ता यात्रुलाई के भन्ने ! बस बिसौनी यात्रु चढाउने र ओराल्नैका लागि बनाइएको हो भन्ने पनि सायद यात्रुले बिर्सिसकेका छन् । 
काँठको मात्रै होइन यो समस्या त सहरी क्षेत्रको पनि हो । यात्रु पाउनासाथ रोकी हाल्ने । सिट नभए पनि यात्रु कोची हाल्ने । काँठमा त ट्राफिक प्रहरी नभेटिएलान् तर सहरतिर ट्राफिक प्रहरीको पनि ध्यान गएको पाइँदैन । जहाँ तहीँ बस रोकिरहेका हुन्छन् । यात्रु चढाइ रहेका हुन्छन् ।

सिन्डिकेट तोडिए पनि राजधानीको सडकमा मौलाइरहेको यो भयावह समस्या यथावतै छ । अहिले पनि बसमा भिड उत्तिकै छ । यात्रुको बढ्दो चापअनुसार गाडीको संख्या थपिन सकेको छैन । यात्रुको भागमा दुःख कष्ट उस्तै छ । के यो समस्याको समाधान हुनसक्ला र ? 
यथार्थमा सिन्डिकेट तोडिए पनि बस व्यवसायीको पुरानो मानसिकता टुट्न सकेको देखिँदैन । त्यसमा परिवर्तन नआई यात्रुले सहज यात्रा गर्नसक्ने अनुमान गर्न सकिँदैन । अघोषितरूपमा सिन्डिकेट चलि नै रहने अहिलेको अवस्थाले देखाउँदैन र ? यो हो भने यस किसिमको सकसपूर्ण बस यात्रा र घरैपिच्छेको बस बिसौनीको प्रचलन हराउने सम्भावना अलिकति पनि देखिँदैन । सायद तिनको नियत र हाम्रो नियति नै त्यस्तै हो कि ! 


    

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement