site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बल्दैनन् लाइट, हाते इशाराका भरमा ट्राफिक प्रहरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा रहेका सबै ट्राफिक लाइट बिग्रिएपछि ट्राफिक प्रहरीहरु हाते इशाराका सवारी व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिकको ‘काम चलाउ’ संकेतका कारण कतिपय अवस्थामा सवारीचालक अलमलिने गरेका छन् र दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । 

यातायात व्यवस्था विभागका अनुसार बाग्मती अञ्चलमा मात्रै ११ लाख सवारीसाधन दर्ता छन् । सवारी साधनको संख्याका आधारमा ट्राफिक लाइट कम रहेको र भएका लाइट पनि सञ्चालनमा नआउँदा ट्राफिक नियम उल्लङ्घन र जाम बढेको छ । 

ट्राफिक प्रहरीले देखाएको हाते इशारालाई सबै चालकले सजिलै नदेख्नाले पछाडिका सवारीसाधनले ओभरटेक गर्दा लेन मिच्ने गरेकाले ट्राफिक जाम बढेको हो । हाल काठमाडौंका सबै मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु हाते इशाराकै भरमा काम गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्राफिक लाइट बिग्रिएका कारण हाते इशाराका भरमा काम चलाउनुपरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार बताउँछन् । काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा रहेका ३४ वटा ट्राफिक लाइटमध्ये भक्तपुरका कौशलटार, गट्ठाघर, ठिमी, सल्लाघारीका लाइटमात्र चालु अवस्थामा रहेको रञ्जितकारले बताए ।  

केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतिघर, थापाथली, कालीमाटी, गौशाला, नयाँवानेश्वर, तीनकुने, कोटेश्वरलगायत स्थानका ट्राफिक लाइट चल्दैनन् । 

Global Ime bank

गत वर्ष भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले उपत्यकाका ३५ स्थानमा ३७ वटा ट्राफिक लाइट जडान गर्ने बताए पनि उक्त कामको कुनै तयारी देखिएको छैन । सडक विभाग अन्तर्गतको काठमाडौंै दिगो सहरी यातायात आयोजना कार्यान्वयन इकाईले पनि अफिस स्थापनालगत्तै गएको भूकम्पका कारण योजनाअनुुरुप काम गर्न नपाइएको गुनासो गरेको छ । 

“भूकम्पले यहाँका भौतिक संरचना क्षतिग्रस्त भएका कारण हामीले योजनाअनुसार काम गर्न सकेनौं,” आयोजनाका इञ्जिनियर बेलबहादुर नेपालीले बाह्रखरीसँग भने । 

काठमाडौंमा २२ स्थानमा इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेशन (अत्याधुनिक किसिमको ट्राफिक लाइट) निर्माणका लागि एसियाली विकास बैंकसँग ०७० सालमा ५० करोड रुपैयाँको सम्झौतासमेत भएको थियो । इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेशन निर्माणका लागि युरोप र दक्षिण एसियाका ८ मुलुकका निर्माण कम्पनीले आवेदन दिएका थिए । 

यी कम्पनीमध्ये अष्ट्रेलियाको एक निर्माण कम्पनीले रसुवा कन्स्ट्रक्सन कम्पनीसँगको सहकार्यमा सहमति गरेको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगे पनि सो कम्पनीले अन्त्यमा आर्थिक स्रोतको समस्या देखाउँदै काम अघि नबढाएको इञ्जिनियर नेपालीले बताए ।

सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले हाल काठमाडौंका सम्पूर्ण सडकको अध्ययन गरी ट्राफिक लाइट जडानको तयारी गरेको बताएको छ । 

“पहिलो चरणमा स्याम्पलको काम अगाडि बढिसकेको छ,” मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशक शिवहरि सापकोटाले भने, “दोस्रो चरणमा सडकको अध्ययन र सरकारको आवश्यक प्रक्रियापछि तत्कालै हामी फिल्डमा जानेछौं ।”  

मर्कामा ट्राफिक प्रहरी 

ट्राफिक लाइट नभएका कारण सवारीसाधन व्यवस्थापनमा समस्या रहेको ट्राफिक प्रहरी बताउँछन् । “ट्राफिक लाइट नहुँदा एकजनाले २० वटासम्म गाडी हेर्नुपर्ने हुन्छ,” भद्रकाली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान बिमला रेग्मीले भनिन्, “बोर्डका अक्षर टाढाबाट नदेखिएका कारण अर्को समस्या देखिएको छ ।” 

काठमाडौंमा ट्राफिक लाइट सञ्चालनमा आए यातायात चुस्त रहने र ड्युटीमा खटिएका प्रहरीलाई राहत मिल्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी सर्वेन्द्र खनालले बताए ।  
        
 
 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC