site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कक्षा ८ को परीक्षा सञ्चालनका लागि स्थानीय तहलाई आवश्यक सहयोग गर्न शिक्षा विभागले मातहतका निकायलाई निर्देशन दिएको छ ।
अहिलेसम्म जिल्ला शिक्षा कार्यालयहरुले सञ्चालन गर्दै आएको कक्षा ८ को परीक्षा अब भने स्थानीय तहले गराउनेछ ।

संविधानमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमातहत हुने व्यवस्थालाई  कार्यान्वयन गर्न विभागले क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोग पुर्याउन निर्देशन दिएको हो ।

उक्त परीक्षाका सन्दर्भमा आइतबार सचिवस्तरीय बैठकले निर्णय गरेको थियो । सोही निर्णयअनुसार जिशिअहरुलाई निर्देशन र अनुगमनका लागि क्षेत्रीय निर्देशनालयलाई पत्राचार गर्न भनिए विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement