site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश कसरी समृद्ध बनाउने भन्नेमात्रै चिन्ता छ : भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई देश कसरी समद्ध बनाउने भन्नेमात्रै चिन्ता रहेको बताएका छन् ।
मंगलबार एक अपिल जारी गर्दै संयोजक भट्टराईले आफू मर्यादाक्रमको ख्याल नगरी नेपाल र नेपालीको समृद्धि र खुशीको लागि जस्तोसुकै जिम्मेवारीको भारी बोक्न जहिलेसुकै तयार रहेको बताएका छन् । 

''अब देश कसरी समृद्ध बनाउने भन्नेमात्रै चिन्ता छ, ' 'भट्टराईद्वारा जारी अपिलमा भनिएको छ, ''म मर्यादाक्रमको ख्याल नगरीकन नेपाल र नेपालीको समृद्धि र खुशीको लागि जस्तोसुकै जिम्मेवारीको भारी बोक्न जहिलेसुकै तयार छु,  मलाई पूर्ण विश्वास छ, तपाईंहरुले नयाँ शक्ति पार्टी नेपालको चुनाव चिन्ह आँखामा मतदान गरी विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुनेछ ।'' 

Prabhu Bank
Agni Group
NIC Asia

 उनले नेपालको भूगोल निर्माण र अधिकार प्राप्तिको आन्दोलनको मुख्य दुई चरण पूरा भएको भन्दै अब आफूहरुलाई आर्थिक समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी नेपालीहरुले दिनेमा विश्वास व्यक्त पनि गरेका छन् ।

उनले अगाडि भनेका छन्, ''तपाईंहरुकै प्रेम र सद्भावले म दुई पटकसम्म जनप्रतिनिधिका रुपमा संविधानसभामा गएँ । अर्थमन्त्री, प्रधानमन्त्री र संवैधानिक समितिका सभापति भएँ,  म तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । यसबीचमा विकास निर्माणका केही कामहरु भए, तर मुख्य एजेन्डा संविधान निर्माणको थियो, हामी बढी त्यसमा केन्द्रीत भयौं । अब भने आर्थिक विकास र समृद्धिमा नै मुख्य जोड दिने पालो आएको छ । नेपालको भूगोल निर्माण र अधिकार प्राप्तिको आन्दोलनको मुख्य  दुई चरण पूरा भयो । अब आर्थिक विकास र समद्धदिको चरण सुरु भएको छ । त्यसको जिम्मेवारी नयाँ शक्ति पार्टी नेपाल र मैले लिएको छु,  यो वाचा म तपाईंहरुसँग गर्छ । मेरो पूर्ण विश्वास छ, तपाईंहरुले हामीलाई यो जिम्मेवारी दिनुहुनेछ ।''

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC