राजनीति
काठमाडौं । प्रतिनिधिसभाबाट कारागार विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो ।
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिएका थिए । गणपूरक संख्या ६९ हुनुपर्नेमा ६७ सांसद मात्रै भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि बसको बैठकममा ७१ सांसद उपस्थित भएपछि विधेयक पारित भएको हो ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १७:२०
प्रतिक्रिया दिनुहोस्