site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेसबुक  फेक एकाउन्टमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ 
SkywellSkywell

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा छन् ।

Dabur Nepal
NIC Asia

प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका साथीहरूसँग पैसासमेत माग्ने र सामाजमा झुठा अफवाह फैलाएका बताइएको छ । सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेसा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुलेको छ  ।

पीडित महिलाले इनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बरसहितको विवरणको दुरुपयोग गरी ‘अश्लिल’ साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको प्रहरीले जनाएको छ । 

कर्मलाई साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu