site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट निर्माण छानबिन : सचिव भन्छन्– सोधपुछ सकियो, बैठक बसेर निष्कर्षमा पुग्छौँ
बिहीबार समिति बैठकमा उपस्थित भएर बाहिरिने क्रममा जनार्दन शर्मा ।

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछको कार्य सकिएको जनाएको छ ।

निवर्तमान मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसद्ले समिति बनाएको थियो । समितिको १० दिनको म्याद आज सकिँदै छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिका सचिव सुरेन्द्र अर्यालले १० दिनभित्र समितिले अर्थ मन्त्रालयका कर्मचारीदेखि मन्त्री शर्मासँग समेत छलफल गरिसकेको जानकारी दिए ।

यस्तै, डिलिट भएको भनिएको सीसीटीभी फुटेज ‘रिकभर’ गर्न प्रहरीलाई बुझाइएको तर प्रहरीबाट थप जानकारी नआएको बताए ।

“सीसीटीभी फुटेजको रिकभरी गर्न सकिने भए गर्न भनेर प्रहरीलाई पठाएका छौँ । त्यसको प्रतिवेदन कहिले आउँछ भन्ने पनि भइसकेको छैन,” उनले भने, “सोधपुछ गर्ने कुराहरू मन्त्रालयका सबै तहका कर्मचारीहरू र मन्त्रीसँग पनि छलफल भइसकेको छ । अब भोलि ११ बजे बैठक बसेर थप प्रक्रियाको विषयमा छलफल गर्छौँ ।”

समितिले समय थप्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुरोध गरेको पनि उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro