काठमाडौं । गंगालाल हृदयरोग केन्द्रले अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीबाहेकका मुटुको शल्यक्रिया सेवा स्थगन गरेको छ । अक्सिजेनेटरको अभाव भएपछि इमर्जेन्सीसबाहेकका मुटुको शल्यक्रिया स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालसँग इमर्जेन्सी ‘केस’का लागि तीन र बालबालिकामा प्रयोग हुने १५० मात्र अक्सिजेनेटर मौज्दात रहेपछि ‘ओपन हार्ट सर्जरी’का लागि भर्ना भएका ४५ बिरामीलाई फर्काइएको छ ।
भारतबाट ल्याइने गरेको अक्सिजेनेटर अहिले भारत र अरू मुलुकमा समेत अभाव भएका कारण ल्याउन नसकिएको प्रशासनले जनाएको छ ।
अक्सिजनेटरको काम ‘ओपन हार्ट सर्जरीका क्रममा रगतमा भएको कार्बन डाइअक्साइड हटाएर रगत सञ्चारमा अक्सिजन थप्ने हो । यो शल्यक्रियाका क्रममा अत्यावश्यक उपकरण हो ।