site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी पक्राउ
सांकेतिक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भइ फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।

Agni Group
NIC Asia

उनलाई आवश्यक कानुनी कारबाहीका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरूको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाइ सङ्गठित रूपमा पाँच अर्ब ८४ करोड ४० लाख रुपैयाँ ठगी भएको खुल्न आएको थियो ।

Global Ime bank

उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu