site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महानगरका कर्मचारीले कुहिने फोहोरलाई प्लास्टिकको झोलामा नहाल्न सुझाएपछि...
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरले आज (आइतबार)देखि कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै उठाउन थालेको छ । आज कुहिने फोहोर उठाउने दिन । अधिकांशले प्लास्टिकमा पोको पारेको पाइयो । 

यस्तो देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरूले कुहिने फोहोर ल्याउँदा प्लास्टिकमा पोको नपार्न आग्रह गरे । 

कतिपयले कुहिने र नकुहिने फोहोर मिसाएरै ल्याए । यसरी ल्याएकाहरूलाई महानगरका कर्मचारीले फोहोर छुट्याउन लगाए । अबदेखि कुहिने फोहोरलाई कागज, कपडाको झोलामा बुझाउन सुझाए । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगर वातावरण व्यवस्थापन विभागका अनुसार हरेक घरबाट कुहिने फोहोर प्लास्टिकमा पोको पारेर आउँदा कुहिने र नकुहिने फोहोर मिसिन्छ । 

Global Ime bank

विभागकी प्रमुख सरिता राईले आज छुट्याएको फोहोर संकलन गर्दा अधिकांशले प्लास्टिकको झोलामा फोहोर पोको पारेर बुझाएको बताइन् । “कुहिने फोहोरमा एक घर दुई घर हुँदै प्लास्टिक आउनु भनेको फोहोर मिसावट हुनु हो । मिसावट भएको फोहोरले मल बनाउन बाधा गर्छ,” उनले भनिन् । 

प्लास्टिकको झोलाको विकल्पमा कागज र कपडाको झोला प्रयोग गर्न सकिने महानगरले जनाएको छ । अर्को विकल्पमा घरमा राखिएको डस्टबिनबाट सिधै फोहोर लैजाने गाडीमा खनाउन पनि सकिनेछ । “फोहोरको बाल्टिन वा डस्टबिनमा कुहिने फोहोर राख्ने र गाडीमा खनाउने हो,” उनले भनिन् । 

बञ्चरेडाँडा ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले विस्तारै उत्पादकले नै फोहोर छुट्याउने बानी बसाल्ने बताए । “अब आम उपत्यकाबासी आफैले विस्तारै फोहोर छुट्याउने बानी बसाल्नुहुन्छ । आज चाहिँ कसैले प्लास्टिकमा ल्याउनुभयो, कसैले मिसाएर ल्याउनु भयो । हामीेले छुट्याउन पनि लगायौँ । सबै एकै पटक हुन्न विस्तारै बानी बसाल्दै लैजाने हो,” श्रेष्ठले भने ।   

महानगरका अनुसार प्लास्टिकमै पोको पारेको फोहोर खनाउन उत्पादकलाई अर्को समस्या आइलाग्छ । “प्लास्टिकका फोहोर बुझाउँदा त्यसमा भएको लिचेड गनाउँछ, प्लास्टिकमा फोहोर टाँसिएको हुन्छ । त्यसले फोहोर उत्पादकलाई समस्या हुन्छ,” श्रेष्ठले थपे । 

कुहिने र नकुहिने फोहोर संकलन गरी फोहोरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पुर्‍यfइनेछ । यसरी लगिएको फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । 

कुहिने फोहोर संकलनको लागि महानगरले कागज र प्लास्टिकको झोला उपलब्ध नगराउने बताएको छ । झोला किन्न खर्च बढी लाग्ने र किनेर वितरण गर्न पनि नसकिने महानगरको भनाइ छ । 

कुहिने र नकुहिने फोहोरबाट मल बनाउने महानगरको योजना छ । तत्काल खाल्डे मल बनाउन महानगर तयार रहेको जनाइएको छ । कुहिने फोहोर संकलन गर्दा ट्रान्सफर स्टेसनमै मल बनाउन सकिनेछ । 

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पनि कुहिने फोहोरबाट मल बनाउने योजनालाई प्राथमिकतामा राख्दै आएका छन् । बालेनले केही दिनअघि काठमाडौंमा उत्पादन हुने ६०० मेट्रिक टन फोहोर महानगरभित्रै विसर्जन गर्ने योजना रहेको बताएका थिए । 

प्लास्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्ने महानगरको लक्ष्य छ । महानगरले दुई वटा क्षेत्र बनाएर फोहोर उठाउने रुट बनाएको छ ।

पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ । 

दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । यसरी हप्ताको ४ दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तालिका छ । 

आजबाट कसैले मिसिएको फोहोर निकालेमा एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना गरिनेछ । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

जैविक फोहोरबाट कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्ने पनि महानगरले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement