site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुहिने र नकुहिने फोहोर आजबाट छुट्टाछुट्टै दिन संकलन गरिँदै 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ ।

महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने छ । एक महिनाअघि नै सूचना जारी गरी महानगरले फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।

पटकपटकको सूचनालाई बेवास्ता गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिमानासमेत गरिने जनाइएको छ ।

Global Ime bank

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ ।  नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटकपटक अवरोध गर्दा फोहोर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement