site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंका पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध
महिन्दा राजापाक्ष (बायाँ) र बासिल राजापाक्ष (दायाँ) । तस्बिर स्राेत : विकिपिडिया ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कोलम्बो । श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

आगामी जुलाई २८ सम्म अनुमति बिना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।

अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ ।

Royal Enfield Island Ad

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

श्रीलंकामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाेडेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro