काठमाडौं । सत्तारुढ गठबन्धनले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले गभर्नरको विषयमा कुरा उठाएका थिए ।
उनले विवादित पात्र गभर्नरमा रहन नहुने धारणा राखेका थिए । एक नेताका अनुसार उनी आजको बैठकमा गभर्नरप्रति बढी आक्रोशित देखिएका थिए ।
नेता श्रेष्ठले गभर्नरलाई कुनै नैतिकताका आधारमा राख्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले विषय गम्भीर बन्दै गएको भन्दै गर्भनरले राजीनामा दिनुपर्ने बताएको एक नेताले जानकारी दिए । बैठकमा रहेका कांग्रेस प्रवक्ता प्रकाशरण महतले पनि विषय गम्भीर रूपले उठेको बताए ।
“उहाँको विषयमा नारायणकाजीले विषय उठाउनुभयो । नेताहरुले गम्भीररुपमा आ–आफ्नो कुरा राख्नुभयो,” महतले बाह्रखरीसँग भने ।