site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस्तो छ विपीनले ‘प्रसाद–२’काे सेट छोडेर हिँड्नुको कारण 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र ‘प्रसाद–२’ छायांकन नहुँदै रोकिएको छ । १७ दिन अगाडि कलाकारसहित सम्पूर्ण छायांकन युनिट पोखरा पुगे पनि चलचित्रको छायांकन सुरु भएको थिएन । 

पारिश्रमिक र चलचित्रको भिजुअल ल्याङवेजलाई लिएर असमजदारी भएपछि सिनेमाको छायांकन सुरु नहुँदै रोकिएको हो । चलचित्रका मुख्य कलाकार विपीन कार्कीले पटक–पटक सम्झौता अनुसार पारिश्रमिक माग गरे पनि निर्माण पक्षले उपलब्ध नगराएपछि उनी पछि हटेका हुन् । 

Agni Group
NIC Asia

उनीसँग छायांकन सुरु हुनुभन्दा अगाडि नै सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउने सम्झौता थियो । “तर, हिजो आएर सुभास थापा प्रोडक्सन कम्पनीसँगै अर्को कम्पनी पनि जोडिएर सिनेमा बनाउने भनियो । त्यसले बाँकी पारिश्रमिक उपलब्ध गराउने भनियो,” विपीनले भने, “तर, त्यो कम्पनी दर्ता नै भएको रहेनछ । दर्ता नभएको कम्पनीसँग कसरी काम गर्ने । पहिला कम्पनी दर्ता हुनुपर्यो । र, दुबै कम्पनीले संयुक्त रुपमा चलचित्र बनाउने निर्णय भएको कागजात हुनुपर्यो ।”

कागजी प्रक्रिया पूरा नभएसम्म सिनेमाको छायांकनमा आफू नजाने विपीन बताउँछन् । 
उनले आफ्नो बुवाको भूमिकामा रहेका लोकमणि सापकोटा विरामी भएको र उनको ठाउँमा अर्को कलाकार खोज्नु पर्ने वा निको हुन्जेल पर्खिनुको विकल्प नभएको पनि बताए । धेरै सिन सापकोटासँगै रहेकाले उनको अनुपस्थितिमा चलचित्र छाचयांकन हुन नसक्ने स्पष्ट पारे । 

Global Ime bank

विपीनले भिजुअल ल्याङवेज पनि स्पष्ट नभएको भन्दै असन्तुष्टि जनाए । “सिनेमाको भिजुअल ल्याङवेज के हो भनेर मैले निर्देशकसँग मागेँ । तर, उहाँले मलाई स्पष्ट जवाफ दिनसक्नु भएन । स्क्रिप्टमा डे र नाइट सिनसमेत छुट्टयाइएको छैन । मेरो लुक्स र क्यारेक्टर कस्तो देखिनेसम्म स्पष्ट छैन भने कसरी काम गर्न सकिन्छ ?” आफूमाथि रहेको दर्शकको भरोसा टुट्नेगरी काम नगर्ने पनि उनले स्पष्ट पारे ।

‘प्रसाद–२’ सुदर्शन थापाले निर्देशन गर्दैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu