site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनको कटाक्ष– गभर्नरलाई भनेको हो, मिस्टर एम अधिकारीलाई होइन 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आउँदो मौद्रिक नीति तरलताको अभाव, घट्दो सञ्चिति, बढ्दो मूल्यवृद्धि र मागमा संकुचनका विषय सामना गर्ने गरी ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले सेयर बजारमा सुधार गर्न ल्याइएको चार बारको नीति ठूलालाई पोस्ने र सानालाई कस्ने भएको बताए । त्यसलाई नसच्याए सेयरमा लगानी गर्ने साना लगानीकर्ता सडकमा आइपुग्ने उनको भनाइ छ ।

थापाले आफ्नो कुरा गभर्नरलाई भनेको भन्दै कटाक्ष समेत गरे । “राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षाअनुसार त्यो परिणाम नआइसकेपछि अब त्यसानुसार यसलाई सच्याउनुपर्छ । यसलाई हटाइएन भने लाखौँ सेयरमा लगानी गरेका साना सेयरकर्ता सडकमा आइपुग्छन्,” उनले भने, “मैले गरेको सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नुभएमा क्षमा चाहन्छु !”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय