site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड–ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो– समीकरण भत्किँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार करिब तीन घण्टा लामो छलफल भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ देखि मध्याह्न १२ः३० बजेसम्म छलफल भएको हो ।

सरकारका काम–कारबाहीलाई अझ सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । “उहाँहरूबीच सरकार सञ्चालन र समसामयिक विभिन्न विषयमा छलफल भयो । अझै प्रभावकारी ढंगले काम गर्ने, यो सत्तासमीकरण मिसन ०८४ सम्म लैजाने उद्देश्यले भएको हो, त्यसैले अझै बलियो बनाएर लैजाने कुरा भएको छ,” उनले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी), संसद्को प्रभावकारितालगायत राष्ट्रिय मुद्दामा सबै दलसँग संवाद बढाएर जाने विषयमा छलफल भएको उनले बताए । उनले बाहिर हल्ला भएजस्तो समीकरण नभत्कने जिकिर गरे ।

“हल्ला त केहीको एजेन्डा हो । सरकार कमजोर धरातलमा बनेको होइन, कोही आएर केही दिन्छु भनेर भत्किने । त्यो अवस्था हिजो पनि थिएन र आज पनि छैन । यसमा दुई नेताबीच कुनै आशंका नै छैन । बाहिर आशंका भएको हो,” आचार्यले भने ।

उनले बाहिरका हल्ला केही घण्टा पनि नटिकेको र त्यसको औचित्य समेत नरहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro